६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्नै पत्नी आरजुलार्इ राष्ट्रियसभामा मनोनित गर्ने देउवाको प्रस्ताव

११ माघ २०७४, बिहीबार ०३:०३

माघ ११, काठमाण्डौ । राष्ट्रियसभामा मनोनित गर्नुपर्ने तीन जना सदस्य प्रधानमन्त्री शेरबहादुर देउवाले आफै मनोनित गर्ने गरी नयाँ प्रस्ताव गरेका छन् ।

कांग्रेसका सभापतिसमेत रहेका देउवाले एकजना महिलासहित तीन जना मनोनित गर्ने व्यवस्था भएअनुसार कांग्रेस, एमाले र माओवादीबाट एकएक जना पर्ने गरी मनोनित गर्ने प्रस्ताव एमाले र माओवादीलाई गरेका हुन् ।

अाजकाे रिपाेर्टस नेपालमा खबर छ- देउवाले कांग्रेसबाट आफ्नै पत्नी आरजु देउवा, एमालेबाट बामदेव गौतम र माओवादीबाट नारायणकाजी श्रेष्ठलाई मनोनित गर्ने प्रस्ताव गरेका हुन् । देउवाले एमालेका गौतम र माओवादीका श्रेष्ठलाई राष्ट्रियसभामा जान प्रस्ताव गरे पनि उनीहरुले स्विरकार भने गरि नसकेको बताइएको छ ।

संविधानअनुसार राष्ट्रियसभाका ५६ जना सदस्य प्रत्येक प्रदेशबाट ८ जनाको दरले प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुखको मतबाट निर्वाचित हुन्छन् । बाँकी ३ जनालाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ ।

सोही व्यवस्थाअनुसार वर्तमान शेरबहादुर देउवा नेतृत्वकै सरकारले तीन सदस्यको पनि सिफारिस गरेर राष्ट्रपतिमार्फत मनोनित गर्न खोजेको छ । तर सरकारको नेतृत्व गर्न लागेको नेकपा एमालेले भने तीन सदस्य अर्को मन्त्रिपरिषद आएपछि मनोनयन गर्नुपर्ने बताएको छ ।

तर देउवाले भने आफ्नी पत्नीलाई पनि राष्ट्रियसभाको सदस्य बनाउनका लागि एमाले र माओवादीका तर्फबाट एकएक जना दिएर सहमति गर्न खोजेका छन् ।राष्ट्रपतिबाट मनोनित हुने ३ सांसदमध्ये गोलाप्रथाबाट दुई वर्ष,४ वर्ष र ६ वर्ष कार्यकाल बाँडिनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने