2026-09-14 08:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

किशोरीको प्रश्नः के हो महिनावारी ?

दलसिंह गिरी/माघ १२, कालिकोट । पलाँता गाउँपालीकाका किशोरीहरुले महिनावरी चक्रका बारेमा थाहा नभएको बताएका छन् । 

स्थानीय किशोरीहरुको लागि महिनावारी स्वच्छता ब्यवस्थापन तालिमका सहभागिहरुले महिनावारी चक्र आफूहरुलाई थाहा नभएको बताएका हुन् । स्थानीय भाषामा महिनावारीलाइ छाउ, छुइ वा परसरेको भन्ने चलन छ । 

महिला तथा किशोरीहरु छाउ, छुइ वा परसरेको भन्न लजाउने गरेको स्थानीय केशपुरा शाही बताइन् ।  छाउ, छुइ वा परसरेको आखिर भाषामा जे भनिए पनि यसको अर्थ महिनावारी भएको भन्ने नै हो तालिम प्रशिक्षक पुष्पा घर्ती मगरले भनिन् ।

सामान्यतया २८ दिनमा एउटा स्वस्थ महिलामा गर्भधारण नभएको खण्डमा प्रजनन् अंगबाट रक्तश्राप हुनुलाई महिनावारी भनिन्छ । महिनावारी भएको बेला प्रर्यात मात्रमा पोषिलो खानेकुराहरु खानु पर्ने भएपनी यहाँका महिलाहरु देवता रिसाउने डरले घरबाहिर वा छाउगोठ बस्ने गर्दछन् । 

पोषिलो खानेकुरा खान नपाउनु र ७ दिन सम्म निरन्तर छाउगोठ बस्नु यहाँका महिलाको बाध्यता जस्तै हो । 

सामाजिक कुरिती र कुसंस्कारका रुपमा रहेको महिनावारी प्रथाका अन्त्य गर्न पलाँता गाउँपालिकाले जनचेतना मुलक कार्यक्रम संचालन गर्ने तयारी थालेको अध्यक्ष लक्ष्मणबहादुर बमले बताए ।  

महिनावारी भएको बेला छाउँगोठ बस्ने र पोषीलो खानेकुरा खाननहुने धार्मिक अन्धबिश्वासकै कारण धेरै महिलाहरुले अकालमै ज्यान गुमाउनु परेको संचारकर्मी तुलाराम पाण्डे बताए । पलाँता गाउँपालिका सामिजिक कुरिती तथा कुसंस्कारको अन्त्य गर्ने किर्डाक नेपालले बिभिन्न जनचेतना मुलक कार्यक्रमहरु गरिरहेको पलाँताका कार्यकारी अधिकृत लेखबहादुर क्षेत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले