2026-09-22 12:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश २: मुख्यमन्त्री फोरम, सभामुख राजपा

माघ १४, काठमाडौँ | संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालको मधेसवादी गठबन्धन प्रदेश २ मा प्रदेश सरकार निर्माणको तयारीमा जुटेका छन् । प्रदेशसभा निर्वाचनमा साझा उम्मेदवारी दिई स्पष्ट बहुमत ल्याएका मधेसवादी गठबन्धनले सिट बाँडफाँट गर्दै सरकार निर्माणको खाका बनाउन जुटेका छन् । आजको राजधानी दैनिकमा खबर छ ।

मुख्यमन्त्री र सभामुखमा दुवै दलले एक–एक जिम्मेवारी लिनेगरी सरकार गठन हुने तयारीमा दुवै दलका नेता जुटेका छन् । तर, सो सम्बन्धमा अन्तिम निर्णय गर्न भने बाँकी छ । दुवै पार्टीका शीर्ष नेताबीच प्रदेश सरकारको खाका बनाउने विषयमा तयारी भइरहेको नेताहरूले बताए ।

प्रदेश २ को प्रदेशसभा बैठक २१ माघमा बोलाइएको छ । बैठक बोलाएसँगै नेताहरू सरकार गठनको आन्तरिक तयारीमा जुटेका छन् । प्रदेशसभाको बैठकसँगै सरकार निर्माणको प्रक्रिया पनि सुरु भएकाले सोको अग्रिम तयारीमा नेताहरू जुटेका छन् ।

राजपा नेपालका महासचिव अजय गुप्ताले दुवै दलका नेताबीच प्रदेश सरकार बनाउने विषयमा छलफल सुरु भएको बताए । सरकार निर्माणका लागि आवश्यक गृहकार्य सुरु भएको बताउँदै गुप्ताले दुवै दलको आपसी सहमति एवं सहकार्यमै सरकार निर्माण हुने बताए ।

‘हामीले साझा उम्मेदवारी दिएर निर्वाचनमा सहभागी भयौं, अब आपसी सहमति एवं सहकार्यमै प्रदेश सरकार निर्माण गर्न आवश्यक गृहकार्य सुरु गरेका छौं,’ गुप्ताले राजधानीसँग भने, ‘मुख्यमन्त्री, सभामुख ठूलो कुरा नभई हाम्रा लागि प्रदेश २ लाई कसरी समृद्ध एवं सम्पन्न बनाउने र संविधान संशोधन गराउने विषय नै मुख्य कुरा हो ।’

संविधान संशोधनका लागि आवश्यक दबाब सिर्जना गर्नुका साथै मधेसवादी गठबन्धनको काँधमा प्रदेश २ लाई समृद्ध एवं सम्पन्न बनाउने जिम्मेवारी आएको उनले बताए । मधेसवादी गठबन्धनको अबको मुख्य कार्यभार नै संविधान संशोधन र समृद्ध प्रदेश निर्माण रहेको गुप्ताले बताए ।

संविधानमा व्यवस्था भएअनुसार प्रदेश सांसदको निर्वाचन परिणाम सार्वजनिक भएको ३० दिनभित्र प्रदेश सरकार गठन गर्नुपर्नेछ । निर्वाचन आयोगले ३ माघमा नै प्रदेशसभाका समानुपातिक उम्मेदवारको अन्तिम सूची प्रकाशित गरिसकेको छ ।

प्रदेश २ मा १०७ सांसद संख्या छ । जसमा फोरम नेपालले २९ र राजपा नेपालले २५ सिट जितेको छ । दुवै पार्टीको सिट संख्या मिलाउँदा स्पष्ट बहुमतसहितको सरकार निर्माण हुन्छ । सरकार निर्माणका लागि स्पष्ट बहुमत आएसँगै दुवै दलका नेता जिम्मेवारी बाँडफाँटको तयारीमा जुटेका छन् ।

फोरम नेपालका महासचिव रामसहाय यादवले मधेसवादी गठबन्धनमा रहेका दुवै दलले पाएको सिट संख्याकै आधारमा जिम्मेवारी भागबन्डा हुने बताए । फोरमले मुख्यमन्त्री र राजपा नेपालले सभामुख पाउनेगरी भागबन्डा हुने उनले बताए ।

‘दुवै दलले निर्वाचनताका साझा उम्मेदवारी दिँदा नै एक किसिमको सहमति भएको छ, ठूलो हुने दलले मुख्यमन्त्री र साना दलले सभामुख पाउने सहमति भएको छ,’ महासचिव यादवले भने, ‘त्यो लिखित नभए पनि नेताहरूका बीचमा मौखिक सहमति भएको छ, सोहीअनुसार जिम्मेवारीबाँडफाँट हुन्छ ।’

ताजा जनादेशअनुसार फोरम र राजपा नेपालले सहमतिमै प्रदेश २ मा सरकार गठन गर्ने उनले बताए । साझा उम्मेदवारी दिएर निर्वाचनमा सहभागी भएको बताउँदै उनले दुवै दलको सहमतिमै सरकार निर्माण गर्ने बताए ।

राजपा नेपालका सचिव उपेन्द्र महतोले प्रदेश सरकार निर्माणका विषयमा छलफल भए पनि कुनै निर्णय नभएको बताए । यद्यपि, प्रदेश २ मा राजपा नेपाल र फोरम नेपालकै नेतृत्वमा प्रदेश सरकार गठन गर्ने सुनिश्चित रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो