माघ १५, काठमाडौँ । मुख्यमन्त्री चयन प्रक्रिया सुरु नहुँदा प्रदेशसभाको पहिलो बैठक रौनकविहीन हुने भएको छ ।
संघीय संरचनाअनुरूप पहिलो पटक निर्वाचित प्रदेशसभाको अधिवेशन आहवान भइसक्दासमेत प्रदेश सरकार गठनको गृहकार्य सुरु भएको छैन ।
प्रदेश १ र ६ बाहेक ५ वटा प्रदेशका प्रदेश प्रमुखले प्रदेशसभाको बैठक तोकिसकेका छन् ।
प्रदेशसभा अधिवेशनको आहवान मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखबाट हुने संवैधानिक व्यवस्था छ ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।
– संसदीय मूल्यमान्यताको ‘डेकोरम’ कसरी मिलाउने ?
– कुन रोहमा कसलाई राखेर बैठक सञ्चालन गर्ने ?
– सदनलाई बिजनेस कसले दिने ?