Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

यी हुन् राष्ट्रियसभा निर्वाचन: प्रदेश २ का सबै निर्विरोध हुने सांसद

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>माघ १५, काठमाडौँ ।</b> प्रदेश नम्बर २ बाट राष्ट्रियसभा सदस्यका आठवटै प्रत्यासी निर्विरोध निर्वाचित भएका छन् ।<br></p><p>अन्य समूहबाट उम्मेदवारी दिएका समाजवादी पार्टी नेपालका मोहम्मद अख्तर हुसैनले आइतबार आफ्नो उम्मेदवारी फिर्ता लिएपछि उक्त प्रदेशका आठै सांसद निर्विरोध निर्वाचित भएका हुन् ।</p><p>प्रदेश नम्बर २ को राष्ट्रिय सभाका लागि अन्य समूहबाट नेपाली कांग्रेसका जीतेन्द्र देव, राजपाका रमेशप्रसाद यादव तथा एमालेका सुमनराज प्याकुरेल निर्वाचित भएका छन् भने महिला क्लस्टरमा माओवादी केन्द्रकी शशिकला दाहाल, नेपाली कांग्रेसकी मुक्ताकुमारी यादव तथा संघीय समाजवादी फोरमकी प्रमिला कुमारी निर्विरोध निर्वाचित भइसकेकी छिन् भने अल्पसंख्यकरअपाङ्ग क्लस्टरमा राजपाका वृषेशचन्द्र लाल तथा दलित क्लस्टरमा संघीय समाजवादी फोरमका रामप्रित पासमान निर्विरोध भइसकेका छन् ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।&nbsp;</p>