१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किन आउँदैछिन् भारतीय विदेश मन्त्री सुस्मा स्वराज ?

१६ माघ २०७४, मंगलवार ०२:३५

माघ १६, काठमाडौं । भारतीय विदेशमन्त्री सुस्मा स्वराजले आगामी फेब्रुअरी १ र २ तारिख (माघ १८ र १९ गते) मा नेपालको भ्रमण गर्ने भएकी छन् ।

नेपालमा वाम गठबन्धनले सरकार बनाउन लागेको पूर्वसन्ध्यामा स्वराजको नेपाल भ्रमणलार्इ अर्थपूर्णरुपमा लिइएको छ ।

अाजको अन्नपूर्णमा खबर छ-नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता र सरकार निर्माणको प्रयास अन्तिम चरणमा पुगिरहेका बेला विदेशमन्त्री स्वराज छिमेकीसँगको सम्बन्ध अझ मजबुत बनाउन नेपाल भ्रमणमा निस्कन लागेको जानकारी भारतीय विदेश मन्त्रालयले सोमबार जानकारी दिएको छ ।

यो भ्रमणलाई भारतीय पक्षले भारत र नेपालबीच नियमित उच्चस्तरीय राजनीतिक आदानप्रदानको संज्ञा दिएको छ । ‘यो भ्रमण भारत र नेपालबीच नियमित उच्चस्तरीय राजनीतिक आदान-प्रदानको परम्परालाई ध्यानमा राख्दै हुन लागेको छ’, भारतीय विदेशमन्त्रालयले विज्ञप्तीमार्फत भनेको छ, ‘त्यसैगरी द्विपक्षीय साझेदारी र दुवै देशबीचको सम्बन्धलाई विभिन्न क्षेत्रमा अझ मजबुत बनाउन यो भ्रमण महत्वको दर्शाउँछ ।’

भारतीय विदेश मन्त्रालयले स्वराजको आगामी यात्रा नेपालका क्रममा राजनीतिक नेतासँग परस्पर हितका मुद्दामा वार्ता र विचार विमर्शको अवसर पनि मिल्ने अपेक्षा गरेको छ । 

‘यो भ्रमणले नेपाली राजनीतिक नेतृत्वसँग विचार विमर्श गर्ने अवसर दिनेछ’, भारतीय विदेश मन्त्रालयले भनेको छ, ‘भारत र नेपालबीच रहेको पुस्तौँदेखिको मित्रता र विशेष सम्बन्धलाई अझ बलियो बनाउन यो भ्रमणले अवसर प्रदान गर्नेछ ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार