२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालीकोटको रास्कोटमा प्रयोगशाला (ल्याब) सञ्चालनमा

२०७४, १६ माघ मंगलवार ०९:२१

माघ १६, कालीकोट | जिल्लाको रास्कोट नगरपालिकामा पहिलो पटक प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याइएको छ । उक्त नगरपालिकाको सहयोगमा ग्रामीण क्षेत्रमा पहिलो पटक प्रयोगशाला सञ्चालनमा आएको हो । 

नगरपालिका प्रमुख काशीचन्द्र बरालले सो प्रयोगशाला उद्घाटन गर्दै स्थानीय नगर तथा छिमेकी समुदायका लागि अवसरका रुपमा लिएको बताउनुभयो ।

नगरप्रमुख बरालले पछिल्लो समय स्थानीयवासी बिरामी हुँदा रगत तथा खकारलगायतका स्वास्थ परीक्षणका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै नगरपालिकालेस्युना स्वास्थ्य चौकीबाट सञ्चालन हुने गरी प्रयोगशाला सञ्चालनमा ल्याएको बताउनुभयो । 

लामो समयदेखि स्थानीय अहेव नवराज शाहीले निजी क्लिनिक सञ्चालन गरेर प्रयोगशालाबाट सेवा दिएको भए पनि सरकारी तवरबाट यो सेवा हुन सकेको थिएन । 

स्युना स्वास्थ्य चौकी लाई प्राथमिक उपचार केन्द्रमा विकास गर्न रास्कोट नगरपालिकाले पहल गरिरहेकोे बताइएको छ । सो स्वास्थ्य चौकी जिल्लाको उत्कृष्ट सेवा गर्ने संस्थाभित्र पर्छ । 

रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते