६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

को- को छन् एमालेबाट मुख्यमन्त्री र सभामुखको दौडमा ?

१७ माघ २०७४, बुधबार ०२:४६

माघ १७, काठमाडौँ । प्रदेश सभा दलको नेता मुख्यमन्त्रीको उम्मेदवार बन्ने भएकाले एमालेभित्र धेरै नेता आकांक्षी छन् । 

प्रदेश नम्बर ५ मा दलका नेता शंकर पोखरेल मुख्यमन्त्रीको एकल उम्मेदवार बन्ने निश्चित देखिए पनि माओवादी केन्द्रसँगको बाँडफाँटपछि एमालेले नेतृत्व गर्ने प्रदेश १, ३ र ४ मा मुख्यमन्त्री बन्न संसदीय दलका नेता बन्न धेरैले आकांक्षा राखेका छन् ।

प्रदेश १ मा सचिव तथा प्रदेश संयोजक भीम आचार्य र प्रदेश सहसंयोजक शेरधन राई, प्रदेश ३ मा उपाध्यक्ष तथा प्रदेश संयोजक अष्टलक्ष्मी शाक्य, पोलिटब्युरो सदस्यहरू पशुपति चौंलागाईं, राजेन्द्रप्रसाद पाण्डे, सानु श्रेष्ठलगायत दलको नेताको आकांक्षी छन् । 

पार्टीको उच्च तहको नेता, लैंगिक र जातीय सन्तुलनका कारण शाक्यलाई बनाउनुपर्ने दबाबमा नेतृत्व रहे पनि अन्य नेताहरूले पनि सशक्त दाबेदारी प्रस्तुत गरिरहेका छन् ।

प्रदेश ४ मा सचिव पृथ्बीसुब्बा गुरुङ र स्थायी समिति सदस्य किरण गुरुङ प्रतिस्पर्धामा छन् । मुख्यमन्त्रीको नेतृत्व नपाए पनि प्रदेश २, ६ र ७ मा प्रदेश सभाको बैठकमार्फत एमालेले दलको नेता चयन गर्नेछ । 

२ मा प्रदेश संयोजक सत्यनारायण मण्डल, ६ मा पोलिटब्युरो सदस्य प्रकाश ज्वाला र यमलाल कँडेल तथा ७ मा केन्द्रीय सदस्य प्रकाश शाह दलको नेताको मुख्य आकांक्षी छन् , नयाँ पत्रिकामा खबर छ ।

सभामुखमा पनि दर्जन आकांक्षी

प्रदेश १ मा हिक्मत कार्की, राजेन्द्र राई, जीवन घिमिरे, उषाकला राई, खिनु लिम्बू, कला घलेलगायत सभामुखको आकांक्षी छन् । 

प्रदेश २ मा मधेस केन्द्रित दलको बहुमत रहेकाले एमालेले मुख्यमन्त्री र सभामुखमा ध्यान दिएको छैन । प्रदेश ३ मुख्यमन्त्रीका आकांक्षीबीच सहमति भए राजेन्द्रप्रसाद पाण्डे, पशुपति चौंलागाईं, सानुकुमार श्रेष्ठ या डोरमणि पौडेलमध्ये एकजना सभामुख बन्ने गरी छलफल हुने एक नेताले बताए । 

मुख्यमन्त्रीका आकांक्षी सभामुखका लागि तयार नभए पौडेलको नाममा सर्वसम्मति हुनसक्ने सम्भावना देखिएको स्रोतले जनाएको छ । त्यस्तै, प्रदेश ६ र ७ मा भने एमालेले सभामुखका विषयमा छलफल चलाइसकेको छैन । 

यद्यपि, ७ मा अर्जुन थापा, पठानसिंह बोहरा, लालबहादुर खड्का, बलदेव रेग्मीलगायतमध्येबाट एकजनालाई उम्मेदवार बनाउने गरी छलफल हुने एक केन्द्रीय सदस्यले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने