2026-10-31 07:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुका गरिब परिवारलाई समृद्ध नेपालद्वारा नि:शुल्क लत्ताकपडा वितरण

माघ १७, कपिलवस्तु | अति गरिब, निमुखा, विपन्न, असहायहरूको लाागि नि:शुल्क लत्ताकपडा वितरण कार्यक्रम सम्पन्न भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका वार्ड नम्बर-३, सुकुम्बासी टोल मदवा गाउँमा उक्त कपडा वितरण गरिएको हो ।

जब्स ग्लोबलका संचालक चन्द्र सिङ अदैको बिशेष सहयोगमा समृद्ध नेपाल, काठमाडौँले उक्त कपडा कपिलवस्तु पठाएको थियो । उक्त कपडा करिब १ सय घरपरिवारलाई वितरण गरिएको हो । जाडोको समयमा लत्ताकपडा बिना चिसोले गर्दा कोहि पनि मानिसले ज्यान गुमाउन नपरोस र सबैलाई राहत पुग्ने उद्देश्यले उक्त कार्यक्रम थालिएको बताइएको छ । “सेवा नै धर्म हो” भन्ने नारा सहित चिसोको याममा गरिब परिवारलाई उक्त कपडा वितरणको कार्यक्रम आयोजना गरिएको छ । 

    

कपिलवस्तुमा कपडा वितरण कार्यक्रम बिगुल बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष ज्ञान बहादुर जी.सीको प्रमुख अतिथ्यितामा सम्पन्न भएको छ । कार्यक्रममा थारु पत्रकार राम अवतार चौधरी तथा वडा सदस्य झबिसरा सुनारको अतिथ्यिता, जीत बहादुर वि.सीकाको संयोजकत्व र वडा प्रहरी कार्यालय चन्द्रौटाको नायब प्रहरी निरीक्षक ऋषिराम दहालको सहजीकरण रहेको थियो ।

त्यसैगरी उक्त कपडा जिल्लाकै विभिन्न ठाउँमा नि:शुल्क वितरण कार्यक्रम भैरहँदा शिवराज न.पा ७, जवाभारी गाउँमा पनि लगभग ७० अति गरिब, निमुखा, विपन्न, असहाय घर परिवारलाई वितरण गरिएको छ । उक्त कार्यक्रममा वडा अध्यक्ष अनुप कुमार चौधरीको प्रमुख अतिथ्यिता, जवाभारी स्वास्थ्य चौकीका इन्चार्ज पूर्णिमा खनालको अतिथ्यिता, जीत बहादुर बि.सीको संयोजकत्त्व र वडा कार्यालय चन्द्रौटाका प्रहरी नायब निरीक्षक ऋषिराम दहालको सहजीकरणमा सम्पन्न भएको जीत बहादुर बि.सीले जानकारी गराएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय