2026-09-16 08:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

धनकुटामा सुन्तला उत्पादनमा ३५ प्रतिशतले गिरावट

 माघ १८, धनकुटा | जिल्लामा यस वर्ष ३५ प्रतिशतले सुन्तला उत्पादनमा कमी आउने देखिएको छ । 

जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा अघिल्लो वर्ष जिल्लामा ५५५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएकामा चार हजार ४०४ मेट्रिक टन उत्पादन भएको थियो । 

सुन्तलाका बोटमा सिट्रस ग्रिनिड र चाइनिज फ्रुटफ्लाइको प्रकोप बढेसँगै बगैँचा नष्ट हुन थालेपछि उत्पादनमा कमी आएको हो । रोग किराको संक्रमण, जलवायु परिवर्तन एवं मूल्य बढ्ने आशामा किसानले नयाँ फूल खेल्ने समयसम्म बोटमा फल राख्ने गरेका कारण सुन्तला उत्पादन कमी आउने देखिएको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सूर्य सापकोटाले बताउनुभयो । 

सुन्तला बगैँचामा रोग किराको संक्रमण नियन्त्रण गर्ने प्रविधि, माटोको उत्पादन शक्ति विकास गर्ने प्रविधि र पुराना बगान मासेर नयाँ बिरुवा लगाउन किसानलाई सल्लाह दिन थालिएको छ । जिल्लाको सुन्तला उत्पादन पकेट क्षेत्रमा समस्या विकराल बन्दै गएको भन्दै रोग नियन्त्रणका लागि सम्बन्धित निकायले अनुसन्धान शुरु गरेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख भरत बिडारीले बताउनुभयो । 

रोगकिराको संक्रमण तथा फल लाग्ने समयमा खडेरी पर्नु र असिना परेका कारण सुन्तला उत्पादनमा कमी आएको हो । उत्पादन घटेसँगै स्थानीय बजारमा रु ७० प्रतिकिलोमा पाइने सुन्तलाको मूल्य बढेर रु १४० पुगेको छ । जिल्लाबाट गत वर्ष रु १५ करोड बराबरको सुन्तला अन्य जिल्लामा बिक्री गरिएको कार्यालयले जनाएको छ । शहीद भूमि र चौबिसे गाउँपालिका, धनकुटा, पाख्रिबास, महलक्ष्मी नगरपालिका, छथर जोरपाटी र साँगुरी गाउँपालिकाका विभिन्न क्षेत्रमा व्यावसायिक रुपमा सुन्तलाको खेती गरिँदैआएको छ । सातवटै स्थानीय तहमा कृषि सडक विस्तार भएसँगै उत्पादित सुन्तला सहज रुपमा बजारसम्म पुग्न सकेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनी पर्याप्त रहेको सरकारको भनाइ, अनावश्यक सञ्चय नगर्न आग्रह यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू राहत वास्तविक पीडितसम्म पुगेको छ कि छैन भन्ने विषयमा प्रभावकारी अनुगमन हुनुपर्छ: माधव नेपाल नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल