३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश ३ को मुख्यमन्त्री कार्यालय सञ्चालनमा

२० माघ २०७४, शनिबार ०२:१८

माघ २०, काठमाडौं । प्रदेश ३ को पहिलो अधिवेशन सम्पन्न भएपछि विभिन्न मन्त्रालय र सरकारी कार्यालयको रङरोगनसहित सरसफाइ तीव्र बनाइएकोे छ । 

प्रदेशका मन्त्रालय, मुख्यमन्त्री, प्रदेश प्रमुख, सभामुख, उपसभामुख, मन्त्रीहरूको निवासका लागि जिल्ला सरकारी कार्यालय र क्षेत्रीय कार्यालयलाई प्रयोग गरिने भएको छ ।

ती कार्यालयमा रङरोगन तथा सरसफाइ भइरहेको भवन प्रविधि अनुसन्धान तथा तालिम केन्द्रका प्रमुख सुदीप आचार्यले बताए । ‘धेरैजसो प्रादेशिक मन्त्रालय र प्रदेश प्रमुखदेखि मन्त्रीनिवासमा रङरोगनका साथै मर्मतसम्भार भइरहेको छ,’ उनले भने,‘माघभित्र सबै मन्त्रालय र निवासको रङरोगन सक्छौँ ।

प्रादेशिक कार्यालयको व्यवस्थापनका लागि चार सदस्यीय कमिटी गठन गरिएको छ । कमिटीको संयोजकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रमेश सिवाकोटी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव बलदेव जोशी र भवन प्रविधि अनुसन्धान तथा तालिम केन्द्रका प्रमुख सुदीप आचार्य सदस्यसचिव छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली