2026-09-21 11:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुवेत गएका कामदार बालबच्चासहित धमाधम फर्कंदै

माघ २१, काठमाडौं | सिन्धुपाल्चोककी सुष्मा तामाङ (नाम परिवर्तन) आफूले जन्माएको ४ वर्षे छोरालाई आफूसँगै कुवेतबाट स्वदेश लैजान पाउने भएपछि बिहीबार निकै खुसी भइन् । उनी आफैंलाई त स्वदेश फिर्न समस्या थिएन । तर, साथमा छोरो पनि भएपछि फर्कन सकिरहेकी थिइनन् ।

‘नचाहँदा नचाहँदै बच्चा जन्मिहाल्यो । कोखबाट जन्मिसकेपछि माया लाग्दोरहेछ,’ कुवेतस्थित मंगापमा बस्दै आएकी सुष्माले कान्तिपुरलाई फोनमा भनिन्, ‘अरूको जिम्मा लगाउन सकिनँ । आफैं लिएर जान्छु । कर्म दिलाउँछु ।’

उनी ८ वर्षअघि घरेलु कामदार (हाउसमेड) का रूपमा कुवेत पुगेकी थिइन् । घरभित्रको काम सहज थिएन । दैनिक यातना सहनुपथ्र्यो । जसोतसो भागेर निस्कँदा नवलपरासीका एक युवकसँग सम्पर्क भयो । ‘हामीसँगै बस्न थाल्यौं । मलाई आश्रय चाहिएको थियो । उसले आश्रय दियो । सँगै बस्दै गएपछि मायाप्रेम बस्यो । बच्चा पनि जन्मियो,’ उनले भने, ‘उसले नेपाल गइसकेपछि साथ देला वा नदेला भन्न सक्दिनँ । उसको आफ्नै संसार छ । तर, मेरो संसार अब यही छोरो हुनेछ ।’

कुवेत सरकारले झन्डै एकमहिने आममाफी कार्यक्रम ल्याएपछि सुष्माजस्ता घरेलु कामदारका लागि वैध रूपमा घर फिर्ने ढोका खुलेको हो । आममाफी खुलेको ६ दिन भयो । अहिलेसम्म नेपाली दूतावासबाट २५ बालबालिकालाई स्वदेश फिर्न ट्राभल डकुमेन्ट जारी भएको छ । जसमा १३ बालक र १२ बालिका छन् । तिनमा नवजातदेखि १४ वर्षसम्मका छन् । – आजको कान्तिपुरमा खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो