2026-10-31 07:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुको ‘रामदतिवन जलेश्वर धाम’ ओझेलमा

चूरामणि अर्याल /माघ २१, कपिलवस्तु | यहाँको वाणगंगा–९ मा रहेको ऐतिहासिक रामदतिवन धाम पर्यटन प्रवद्र्धनको राम्रो वातावरण भएपनि उचित संरक्षण र प्रचारप्रसार नहुँदा ओझेलमा पर्दै आएको छ । 

यहाँको पूर्व–पश्चिम राजमार्ग वनगाई खार्खानदीदेखि सात किलोमिटर उत्तर विशाल जंगलभित्र अबस्थित ऐतिहासिक र पुरातात्विक महत्वको पवित्र तीर्थस्थलबाट बग्ने नदीलाई ‘श्रीराम दतिवन जलेश्वर धाम’का रूपमा परिचित छ । पौराणिक कथनअनुसार त्रेतायुगमा भगवान् राम सोही स्थान हुँदै वनवास जाँदा त्यहाँ दतिवन लगाएको किंवदन्ती छ । 

सोही नदी किनारमा देखिने मानिसका पाइला भगवान् रामकै हुन् भनी पूजा हुनुका साथै भगवान् शिवको पनि पूजा गरिँदै आएको छ । 

घनघोर जंगलभित्र रहेको यस पवित्र तीर्थको नदी किनारमा चट्टानले बनेका चित्राङ्कित रामका पाइला, सीता कुवा, राम–लक्षमण, लव–कुसका धनुस, रामविश्रामस्थल, सीताको चुलो, भगवान् विष्णुले छोडेको कछुवासमेत रहनुका साथै यस ठाउँमा दर्जनभन्दा बढी भगवान्ले वास गरेको १२ वर्षदेखि यही धाममा बस्दै आउनुभएका संरक्षक तथा सन्त भोलेबाबा कृष्णशरणले जानकारी दिनुभयो । 

वाणगंगा नगरपालिका भित्रको यस पवित्र धार्मिकस्थललाई जलेश्वर धामका रूपमा चर्चा हुँदै आएको र धार्मिक तथा पर्यटकीय महत्वको क्षेत्र भएको जानकारहरुले बताए पनि यस्को संरक्षण, विकास र प्रवद्र्धन हुन नसकेका कारण ओझेलमा पर्दै आएको हो । 

दुई दशक अघि पहाडबाट गाई लिएर यस जंगलमा चराउन आउने र बास बस्नेहरूले रामको पाइला र अन्य भगवान्का आकृति देख्न नसकेकामा २२ वर्षअघि मात्र तिलौराकोटका एक बाबाले राति सपनामा यस घनघोर जंगलमा रामका पाइला भएको र सो ठाउँमा शिवको पनि ठूलो महत्व रहेको जानकारी पाएपछि खोज तलास गर्दा ती आकृति फेला परेको थियो । 

भगवान् राम वनवासकै क्रममा यस स्थानमा आएर दतिवनले दाँत माझ्दै नदी तर्दा पाइला शिलामा छापिएको किंवदन्तीअनुसार यस ठाउँलाई रामदतिवन धाम राखिएको र ती पाइला रामकै हुन् भन्ने मान्यता रहिआएको छ । 

साउन महिनामा भक्तजनको घुइँचोलाग्ने यहाँस्थित नदीको चट्टानमा देखिने पाइलामा भक्तजनले पूजा गर्दै आएका छन् । गत वर्ष लुम्बिनी पर्यटन प्रवद्र्धन कोषबाट रू छ लाख ६५ हजारबाहेक यस धामले अन्य सरकारी सहयोग पाउन नसकेको धामका अध्यक्ष लालबहादुर खड्काले जानकारी दिनुभयो । 

“बाटो, बिजुली र खाने पानीको राम्रो व्यवस्था नहँुदा यहाँ आउने भक्तजनले दुःख पाएका गुनासो गर्दै धामका प्रमुख संरक्षक कृष्णशरणले भन्नुभयो, “यस ठाउँको ठूलो महत्व रहेको र यहाँ पर्यटकीय धार्मिकस्थल बनाउन सकिने भएपनि सम्बन्धित निकायले चासो देखाएका छैनन् ।” 

भोलेबाबा सात रात सात दिनसम्म सोही नदीको जलभित्रै तपस्यामा बस्नुभएको थियो । उहाँ ११ वर्षको उमेरदेखि यहाँ बस्दै आउनुभएको छ । यहाँ आउने भक्तजनले चढाएको भेटीबाट धामको संरक्षण हुँदै आएको छ । प्रत्येक वर्ष महायज्ञ लगाउनाका साथै दैनिक पूजाआजासमेत हुने यसस्थानमा विशेष गरी थारु समुदायका भक्तजन यहाँ बढी आउने गर्छन् । 

कपिलवस्तुका पर्यटकीय धार्मिकस्थलमध्ये यस धामलाई पनि महत्वका साथ हेर्ने गरिएको छ तर प्रचारप्रसार र संरक्षणको अभावमा सधैँ ओझेलमा पर्दै आएको हो । यस पवित्रस्थलमा आएपछि विभिन्न रोग निको हुने धार्मिक विश्वास छ । 

करिब ५० मिटर नदीको क्षेत्रफलमा भगवान्को रामको पाइला विभिन्न सामाग्रीका आकृतिका साथै शिव, गणेश, अन्य देवीलगायका मन्दिर पनि छन् । 

धाम संरक्षणका लागि कहीँ कतैबाट पनि सहयोग प्राप्त नहुँदा यसको महत्व ओझेलमा परेको स्थानीयबासी कृष्ण महत क्षेत्रीले बताउनुभयो । 

यस धामको भौतिक पूर्वाधार बने स्नान र अवलोकन गर्नका लागि यहाँ दिनहुँ सयौँको संख्यामा पर्यटक भित्रिने सम्भावना छ । अत्यन्त शान्त मनोरम वातारणमा अवस्थित यस धामको संरक्षण र विकासमा समबद्ध पक्षले जोड दिंदै आएका छन् । 

वाणगंगा नगरपालिका क्षेत्रभित्र यो धामसँगै कपिलधाम, रामकुमार बाबा धाम, मधुवन धामलगायत दर्जनभन्दा बढी धार्मिक पर्यटकीयस्थल छन् । पूरा धाम करिब तीन हेक्टर क्षेत्रफलमा फैलिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय