Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा बालविवाह बिरुद्ध प्रहरीको कार्ययोजना

२०७४, २१ माघ आईतवार १६:१६

माघ २१, कालिकोट | जिल्लालाई बालविवाह मुक्त वनाउन जिल्लाभरीका प्रहरीहरुले अभियान संचालन गर्ने भएका छन् । जिल्ला प्रहरी कार्यालय,इलाका प्रहरी कार्यालय,प्रहरी चौकीका इन्चर्जहरुले बालविवाह मुक्त जिल्ला वनाउन संयुक्त वार्षिक कार्ययोजना वानई अभियान सञ्चालन गरेका हुन् ।

बालअधिकार संरक्षणका लागि प्रहरीको क्षमता विकास तालिमको समापन कार्यक्रममा बालविवाहविरुद्धको अभियान सञ्चालनका लागि बार्षिककार्ययोजना २०७४÷०७५ तयार पारिएको कालिकोटका निमित्त प्रहरी प्रमुख इन्सपेक्टर निरज चौलागाईले जानकारी गराएका छन् । जिल्लामा बालविवाह जस्तो सामाजिक अपराध वढ्दै गएकाले यसको अन्त्य गर्नका लागि प्रहरीलेनै अभियान सञ्चालन गर्नुप परेको उनको भनाइ रहेको छ ।


अभियानका क्रममा बालबालिका सम्वन्धि काम गर्ने सरकारी तथा गैरसरकारी निकाय र स्थानीय तहबीच त्रैमासिक समिक्षा बैठक वस्ने, विद्यालयस्तरमा बालविवाह सम्वन्धि कानुनी प्रावधान र बालविवाहका असरहरुका वारेमा सचेतना कार्यक्रम गर्ने, बालविवाह बढि हुने वस्तीहरुमा घरदैलो अभियान तथा अन्र्त्क्रिया कार्यक्रम सञ्चालन गर्ने, बालविवाह हुने वा हुन सक्ने वस्ती तथा टोलमा बालविवाह हुन नदिनका लागि निगरानी गर्ने कार्यक्रम रहेका छन् ।

सेभद चिल्डे«नको साझेदारीमा किर्डाक नेपाल कालिकोटको आयोजनामा सञ्चालित वालअधिकार तालिममा जिल्लामा वाल हिंसा,वाल यौन दुव्र्यवहार,वालविवाहका वारेमा प्रहरी र सहजकर्ताबीच छलफल भएको सेभ द चिल्डे«नका अधिकृत वाले विश्वकर्माले वताए । उनका अनुसार कालिकोट जिल्लाका १२ गाविसको सर्वेक्षणमा सन २०१७ भरी ४१ प्रतिशत वालविवाह भएको पाइएको छ । कार्यक्रममा निमत्त जिल्ला प्रहरी प्रमुख चौलागाईले वालविवाह अन्त्यका लागि वानाईएको कार्ययोजना आफ्नो कार्यक्षेत्रमा तत्कल कार्यन्वयन गर्न मातहतका युनिटलाई निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै