२० माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

बिदेशको कमाइले गाउँमा स्वास्थ्य शिविर

२२ माघ २०७४, सोमबार १३:५३

माघ २२, कालिकोट | जिल्लाको शान्नित्रिवेणी गाउँपालिका वडा नं. १ लुसाका दुई दाजुभाईले बिदेशमा गरिएको कमाईबाट गाँउमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । आफु जन्मिएको गाउँका नागरिकको स्वास्थ्यमा पहुँच हुन नसकेको महसुस गरी शान्नित्रिवेणी १ लुसाका दीलबहादुर कठायत र केशव कठायत दुई दाजु भाईले गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका हुन् ।


शान्नित्रिवेणी गाउँपालिका र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा यी दुई दाजुभाईले गाँउमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेपछि गाउँका १ हजार ३ सय ७७ जना नागरिकहरुले सेवा लिएका छन्  । शान्नित्रिवेणी गाउपालिका स्वास्थ्य संयोजक मीनबहादुर बिष्टका अनुसार बाल रोग, स्त्री रोग, दाँत, आँखा, हाड जोर्नी तथा सामान्य उपचारका लागि संचालन गरिएको स्वास्थ्य शिविरमा ७ सय ८९ जना महिला र ५ सय ८८ जना पुरुषले सेवा लिएका छन् ।

शान्नित्रिवेणी गाउपालिका वडा नं. २ मा जन्मिएका दीलबहादुर कठायत आजभोली चीनमा व्यापार व्यवसाय गर्दै आएका छन् । ‘गाउँमा हुँदा आफ्नो बाल्यकालमा सामान्य बिरामी भएका बेला उपचार गर्न समस्या खेप्नु परेको सम्झना गरेपछि शिविर सञ्चालन गर्ने योजना बनाएको हुँ’ कठायतले भने, ‘सानो सहयोगले गाउँका धेरै मानिसहरुलाई सेवा हुने ठाने पछि शिविर सञ्चालन गरिएको हो ।’


स्थानीय नरु गिरीले आफुलाई हुने बिभिन्न दम, खोकी लगायतका समस्याको उपचार गाँउमै पाएपछि निकै खुसी भएको बताए । उनले गाँउमा ठुला ठुला डाक्टहरु पनि आफुले पहिलो पटक देख्न पाएको बताए ।स्थानीय अम्मा कठायतले आफुलाई पेट दुख्ने समस्याले धेरै बर्ष पहिलेदेखी सताईरहेको बताउँदै गाँउमै उपचार गर्न पाउदा निकै राहत भएको बताईन् । उनले शिविरमा आएर चेकजाँचसँगै औषधीहरु समेत निःशुल्क पाएपछि खुसी लागेको बताईन् ।

शान्नित्रिवेणी गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले दिलबहादुरका दाजुभाईले बिदेशमा कमाएको पैसाले गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर नमुना काम गरेको बताउँदै गाँउपालिकाले पनि यसमा सहयोग गरी भिडियो एक्सरे सेवा समेत सञ्चालन गरेको बताए । उनले बिदेशमा गरिएको कमाई गाउँका नागरिकहरुको स्वास्थ्यमा लगानी गरी दीलबहादुरले उदाहरणीय काम गरेको भन्दै प्रशंसा गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा