2026-10-31 08:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालीकोटका स्वासथ्यकर्मीले आन्दोलन फिर्ता लिए

माघ २३, कालिकोट । आफ्ना कार्यालय प्रमूखलाई दुव्र्यवहार गर्नेलाई कार्वाहीको माग गर्दै आन्दोलनमा उत्रिएका कालीकोटका स्वासथ्यकर्मीले आन्दोलन फिर्ता लिएका छन् । 

जिल्ला स्वास्थ्य कार्यालय कालीकोटका प्रमूख डा.कौशल अलीलाई नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले दुव्र्यवहार गरेको बिरोधमा आइतबारदेखि आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मीहरुले मंगलबारबाट आन्दोलन फिर्ता लिएका छन् ।

जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा दोषीलाई कार्वाही गर्ने प्रमूख जिल्ला अधिकारी चन्द्रनाथ गौतमले प्रतिबद्धता जनाएपछि  तीन दिनदेखी आन्दोलित स्वास्थ्यकर्मीहरुले आन्दोलन फिर्ता लिएका हुन् ।

गत शुक्रबार कालिकोट जिल्लाको रास्कोट नगरपालिकालाई पुर्ण खोपयुक्त नगरपालिका घोषणा समारोहमा सहभागी हुने रास्कोट गएका जिल्ला स्वास्थ्य प्रमूख डा.अलीलाई विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कालोमोसो दल्नुका साथै हातपात समेत गरेका थिए ।

कार्यालय प्रमूखलाई दुव्र्यवहार गर्नेलाई कार्वाहीको माग गर्दै स्वास्थ्यकर्मीहरुले सोमबारदेखी जिल्ला अस्पताल लगाएत जिल्लाका सबै स्वास्थ्य संस्थाहरुमा ईमरजेन्सी सेवा बाहेक सबै सेवाहरु बन्द गरेका थिए । 

जिल्ला स्वास्थ्य कार्यालय प्रमूख डा. कौशल अलीले आफुलाई दुव्र्यवहार गर्ने व्यक्तिकाबिरुद्ध जिल्ला प्रहरी कार्यालयमा सार्बजनिक मुद्धा दर्ता गरेको बताए ।

उनले सोमबारदेखी ईमरजेन्सी बाहेकका सबै सेवाहरु अनिश्चितकालिन बन्द गरिएको भएपछि प्रमूख जिल्ला अधिकारीले दोषीलाई कानूनी कार्वाही गर्ने प्रतिबद्धता जनाएपछि आफुहरुले आन्दोलन फिर्ता लिन सहमत भएको बताए । 

मंगलबारदेखी स्वास्थ्यकर्मीहरुले आन्दोलन फिर्ता लिएपछि जिल्लाका सबै स्वास्थ्य संस्थाहरुमा नियमित सेवाहरु सुचारु भएका छन् । 

प्रमूख जिल्ला अधिकारी चन्द्रनाथ गौतमले जिल्ला स्वास्थ्य कार्यालय प्रमूख डा. कौशल अलीमाथि दुव्र्यवहार गर्ने व्यक्तिहरुलाई कार्वाहीको दायरामा ल्याउने बताए ।

डाक्टरले लापर्वाही गरेकाले ‘जनकार्वाही’: नेकपा

नेकपा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी मनिलाल ऐडी (रणदीप) ले जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. कौशल अलीलाई ‘जनकार्वाही’ गरेको बताए । 

डा. अलीकै कार्यकालमा सुत्केरी महिलालाई गलत अप्रेसनका कारण चन्दा शाहलगायत तीन महिलाको अकालमा ज्यान लिएको, जनताहरुले अस्वीकार गर्दा पनि जिल्लामा पुनः हाजिरी भएको, पोस्टमार्टम तथा केस फारम भर्दा सेवाग्राहीबाट घुस लिने गरेको आरोप लगाए ।

त्यस्तै, स्वास्थ्यको रकम हिनामिना गरेको, कर्मचारीलाई हेपेको, केही समय अगाडि जिल्लामा फैलिएको भाइरलको महामारी नियन्त्रणमा चासो नदिएको र जिल्लाका ग्रामीणस्तरमा रहेका स्वास्थ्य संस्थामा समयमै औषधि नपठाउँदा नागरिकले सास्ती खेप्नु परेकाले आफूले कालोमोसो दलेर स्वागत गर्न बाध्य भएको सेक्रेटरी ऐडीले बताए ।

स्थानीय आन्दोलित

डाक्टरको लापर्वाहीले चन्द्रा शाहीको ज्यान गुमाउनु परेको भन्दै शाहीका आफन्तहरुले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएर मंगलबार सदरमुकाम मान्म बजार बन्दको आव्ह्रान गरे ।  

बजार बन्दको आव्ह्रान गरेर बजारमा स्थानीय सडकमा उत्रिए पछि प्रशासनले पीडितका माग पुरा गर्नका लागि पहल गर्ने प्रतिबद्धता जनाएर बन्द फिर्ता गराएको छ ।

डा. कौशल अली र महेश्वर गोसाईंलाई कार्वाहीको माग गर्दै मृतक चन्द्रा शाहीका श्रीमान् शुक्रदीप शाहीले प्रशासनमा ज्ञापनपत्र बुझाएका छन् । 

पीडित पक्षले चन्दा शाहाको अप्रेशनमा संलग्न डाक्टरहरुको टिमलाई कार्वाही, जिल्ला अस्पतालमा चन्दा शाहाको नाममा सुविधा सम्पन्न प्रसुती गृह स्थापना, नावालकलाई पालन पोषण तथा शिक्षाको लागि राज्यले नै व्यवस्था मिलाउनु पर्ने, जिल्ला अस्पतालमा तत्काल नयाँ जनशक्तिको व्यवस्थापन गर्नुपर्ने माग राख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय