2026-09-14 07:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालीकोटका स्वासथ्यकर्मीले आन्दोलन फिर्ता लिए

माघ २३, कालिकोट । आफ्ना कार्यालय प्रमूखलाई दुव्र्यवहार गर्नेलाई कार्वाहीको माग गर्दै आन्दोलनमा उत्रिएका कालीकोटका स्वासथ्यकर्मीले आन्दोलन फिर्ता लिएका छन् । 

जिल्ला स्वास्थ्य कार्यालय कालीकोटका प्रमूख डा.कौशल अलीलाई नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले दुव्र्यवहार गरेको बिरोधमा आइतबारदेखि आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मीहरुले मंगलबारबाट आन्दोलन फिर्ता लिएका छन् ।

जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा दोषीलाई कार्वाही गर्ने प्रमूख जिल्ला अधिकारी चन्द्रनाथ गौतमले प्रतिबद्धता जनाएपछि  तीन दिनदेखी आन्दोलित स्वास्थ्यकर्मीहरुले आन्दोलन फिर्ता लिएका हुन् ।

गत शुक्रबार कालिकोट जिल्लाको रास्कोट नगरपालिकालाई पुर्ण खोपयुक्त नगरपालिका घोषणा समारोहमा सहभागी हुने रास्कोट गएका जिल्ला स्वास्थ्य प्रमूख डा.अलीलाई विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कालोमोसो दल्नुका साथै हातपात समेत गरेका थिए ।

कार्यालय प्रमूखलाई दुव्र्यवहार गर्नेलाई कार्वाहीको माग गर्दै स्वास्थ्यकर्मीहरुले सोमबारदेखी जिल्ला अस्पताल लगाएत जिल्लाका सबै स्वास्थ्य संस्थाहरुमा ईमरजेन्सी सेवा बाहेक सबै सेवाहरु बन्द गरेका थिए । 

जिल्ला स्वास्थ्य कार्यालय प्रमूख डा. कौशल अलीले आफुलाई दुव्र्यवहार गर्ने व्यक्तिकाबिरुद्ध जिल्ला प्रहरी कार्यालयमा सार्बजनिक मुद्धा दर्ता गरेको बताए ।

उनले सोमबारदेखी ईमरजेन्सी बाहेकका सबै सेवाहरु अनिश्चितकालिन बन्द गरिएको भएपछि प्रमूख जिल्ला अधिकारीले दोषीलाई कानूनी कार्वाही गर्ने प्रतिबद्धता जनाएपछि आफुहरुले आन्दोलन फिर्ता लिन सहमत भएको बताए । 

मंगलबारदेखी स्वास्थ्यकर्मीहरुले आन्दोलन फिर्ता लिएपछि जिल्लाका सबै स्वास्थ्य संस्थाहरुमा नियमित सेवाहरु सुचारु भएका छन् । 

प्रमूख जिल्ला अधिकारी चन्द्रनाथ गौतमले जिल्ला स्वास्थ्य कार्यालय प्रमूख डा. कौशल अलीमाथि दुव्र्यवहार गर्ने व्यक्तिहरुलाई कार्वाहीको दायरामा ल्याउने बताए ।

डाक्टरले लापर्वाही गरेकाले ‘जनकार्वाही’: नेकपा

नेकपा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी मनिलाल ऐडी (रणदीप) ले जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. कौशल अलीलाई ‘जनकार्वाही’ गरेको बताए । 

डा. अलीकै कार्यकालमा सुत्केरी महिलालाई गलत अप्रेसनका कारण चन्दा शाहलगायत तीन महिलाको अकालमा ज्यान लिएको, जनताहरुले अस्वीकार गर्दा पनि जिल्लामा पुनः हाजिरी भएको, पोस्टमार्टम तथा केस फारम भर्दा सेवाग्राहीबाट घुस लिने गरेको आरोप लगाए ।

त्यस्तै, स्वास्थ्यको रकम हिनामिना गरेको, कर्मचारीलाई हेपेको, केही समय अगाडि जिल्लामा फैलिएको भाइरलको महामारी नियन्त्रणमा चासो नदिएको र जिल्लाका ग्रामीणस्तरमा रहेका स्वास्थ्य संस्थामा समयमै औषधि नपठाउँदा नागरिकले सास्ती खेप्नु परेकाले आफूले कालोमोसो दलेर स्वागत गर्न बाध्य भएको सेक्रेटरी ऐडीले बताए ।

स्थानीय आन्दोलित

डाक्टरको लापर्वाहीले चन्द्रा शाहीको ज्यान गुमाउनु परेको भन्दै शाहीका आफन्तहरुले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएर मंगलबार सदरमुकाम मान्म बजार बन्दको आव्ह्रान गरे ।  

बजार बन्दको आव्ह्रान गरेर बजारमा स्थानीय सडकमा उत्रिए पछि प्रशासनले पीडितका माग पुरा गर्नका लागि पहल गर्ने प्रतिबद्धता जनाएर बन्द फिर्ता गराएको छ ।

डा. कौशल अली र महेश्वर गोसाईंलाई कार्वाहीको माग गर्दै मृतक चन्द्रा शाहीका श्रीमान् शुक्रदीप शाहीले प्रशासनमा ज्ञापनपत्र बुझाएका छन् । 

पीडित पक्षले चन्दा शाहाको अप्रेशनमा संलग्न डाक्टरहरुको टिमलाई कार्वाही, जिल्ला अस्पतालमा चन्दा शाहाको नाममा सुविधा सम्पन्न प्रसुती गृह स्थापना, नावालकलाई पालन पोषण तथा शिक्षाको लागि राज्यले नै व्यवस्था मिलाउनु पर्ने, जिल्ला अस्पतालमा तत्काल नयाँ जनशक्तिको व्यवस्थापन गर्नुपर्ने माग राख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले