६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री देउवाले राजीनामा नदिने

२६ माघ २०७४, शुक्रबार ०१:४१

माघ २६, काठमाडौं । शेरबहादुर देउवाले पदबाट राजीनामा नदिने भएका छन् । 

आफैँले प्रतिनिधिसभा, राष्ट्रिय सभाको निर्वाचन सम्पन्न गरेर नयाँ जनप्रतिनिधि आएपछि स्वतः कामचलाउ हुने भएकाले राजीनामा दिनुनपर्ने निष्कर्ष प्रधानमन्त्री र उनको पार्टी कांग्रेसले निकालेको छ । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

प्रमुख सत्तारूढ दल कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले निर्वाचनको चक्र पूरा भएपछि वर्तमान सरकार स्वतः कामचलाउन हुने भएकाले राजीनामा दिनु र नदिनुको औचित्य नभएको बताए । 

‘वर्तमान सरकारको दायित्व स्थानीय, प्रदेश, प्रतिनिधि र राष्ट्रिय सभा निर्वाचन गर्ने थियो, त्यो कार्य सरकारले अन्तिम चरणमा पुर्‍याएको छ,’ शर्माले भने ‘नयाँ जनप्रतिनिधि आएपछि पुरानो सरकार स्वतः कामचलाउ हुन्छ, राजीनामा दिनै पर्दैन । नयाँ जनमतअनुरूप बहुमत पुर्‍याउने दलको नेता अब प्रधानमन्त्री बन्नुहुन्छ ।’

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री रहेका कांग्रेस नेता यज्ञबहादुर थापाले बुधबार राष्ट्रिय सभा निर्वाचन सम्पन्न गरेपछि सरकारले आफ्नो दायित्व पूरा गरेको बताए । 

‘सरकारले निर्वाचनको चक्र पूरा गरी आफ्नो दायित्व पूरा गर्‍यो,’ थापाले बिहीबार राजधानीमा आयोजित साक्षात्कारमा भने, ‘निर्वाचनसँगै नयाँ जनमत आएको छ, त्यही जनमतअनुरूप बहुमत ल्याउनेले सरकार बनाउँछ, फागुन दोस्रो सातासम्म नयाँ सरकार बनिसक्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने