2026-09-21 11:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री देउवाले राजीनामा नदिने

माघ २६, काठमाडौं । शेरबहादुर देउवाले पदबाट राजीनामा नदिने भएका छन् । 

आफैँले प्रतिनिधिसभा, राष्ट्रिय सभाको निर्वाचन सम्पन्न गरेर नयाँ जनप्रतिनिधि आएपछि स्वतः कामचलाउ हुने भएकाले राजीनामा दिनुनपर्ने निष्कर्ष प्रधानमन्त्री र उनको पार्टी कांग्रेसले निकालेको छ । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

प्रमुख सत्तारूढ दल कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले निर्वाचनको चक्र पूरा भएपछि वर्तमान सरकार स्वतः कामचलाउन हुने भएकाले राजीनामा दिनु र नदिनुको औचित्य नभएको बताए । 

‘वर्तमान सरकारको दायित्व स्थानीय, प्रदेश, प्रतिनिधि र राष्ट्रिय सभा निर्वाचन गर्ने थियो, त्यो कार्य सरकारले अन्तिम चरणमा पुर्‍याएको छ,’ शर्माले भने ‘नयाँ जनप्रतिनिधि आएपछि पुरानो सरकार स्वतः कामचलाउ हुन्छ, राजीनामा दिनै पर्दैन । नयाँ जनमतअनुरूप बहुमत पुर्‍याउने दलको नेता अब प्रधानमन्त्री बन्नुहुन्छ ।’

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री रहेका कांग्रेस नेता यज्ञबहादुर थापाले बुधबार राष्ट्रिय सभा निर्वाचन सम्पन्न गरेपछि सरकारले आफ्नो दायित्व पूरा गरेको बताए । 

‘सरकारले निर्वाचनको चक्र पूरा गरी आफ्नो दायित्व पूरा गर्‍यो,’ थापाले बिहीबार राजधानीमा आयोजित साक्षात्कारमा भने, ‘निर्वाचनसँगै नयाँ जनमत आएको छ, त्यही जनमतअनुरूप बहुमत ल्याउनेले सरकार बनाउँछ, फागुन दोस्रो सातासम्म नयाँ सरकार बनिसक्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो