2026-10-31 07:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा आठसय ७८ जनालाई हात्तीपाइले

माघ २६, जितपुर | यहाँ ८७८ जनामा हात्तीपाइलेको लक्षण देखा परेको छ । आव २०७३/०७४ को तथ्यांकका आधारमा जिल्लामा खुट्टा सुन्निएका २२८, हाइड्रोशील ६०२ र शरीरका अन्य भागमा ४८ गरी ८७८ संक्रमित भेटिएका हुन् । 

सन् २०२० भित्र हात्तीपाइले रोगीको संख्या एक प्रतिशतभन्दा कममा झार्ने सरकारी योजनाअनुसार यस जिल्लामा विसं २०६४ देखि २०६६ सम्म अभियान सञ्चालन गरिएको थियो । अभियानका क्रममा जिल्लाका विभिन्न विद्यालय र तत्कालीन गाविसमा रहेका व्यक्तिको नमूना रगत संकलन गरिएको थियो । 

त्यति बेला पनि हात्तीपाइलेबाट संक्रमित भेटिएका थिए । त्यसपछि पनि अभियान सञ्चालन गरिएपछि पाँचौँ, छैठौँ र आठौँ वर्ष पनि नमूना रक्त परीक्षण गर्दा फेरि संक्रमित भेटिएसँगै संक्रमितको संख्या बढ्दै गएको हो । अभियान २०६४ देखि लगातार सञ्चालन गरिँदै आएको छ तर रोग भने नियन्त्रणमा आउन सकेको छैन । 

नौ वर्षे अभियानमा पाँच लाख ५३ हजार, ५२४ मध्ये चार लाख ७५ हजार ९६१ जनाले मात्र औषधि खाएको स्वास्थ्य कार्यालयले जनाएको छ। यसरी जिल्लाको तथ्यांक हेर्दा सरकारले सन् २०२० भित्र हात्तीपाइले रोगीको संख्या एक प्रतिशतभन्दा कममा झार्ने कुरा निकै चुनौतीपूर्ण रहेको स्वयं स्वाथ्यकर्मी बताउँछन् । 

जिल्लामा यस वर्ष पुनः हात्तीपाइलेविरुद्धको महाअभियान सञ्चालन गरिँदै छ । यही फागुन १२ देखि तीन दिने अभियान सञ्चालन गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। “नौ वर्षे अभियान उपलब्धिमूलक देखिएन, त्यसैले फेरि यो अभियान सञ्चालन गर्न लागेका छौँ, स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले भन्नुभयो,– “अभियानमा पोका पारेर औषधि बाँडियो, तर धेरैले खाएनन्, त्यसैले रोगको निवारण भएन ।” उहाँका अनुसार नमूना रक्त परीक्षणका क्रममा १३ प्रतिशतमा हात्तीपाइले रोगको परजीवी फेला परेका छन् । 

तत्कालीन बहादुरगञ्ज, महाराजगञ्ज र बाणगंगा गाविसका ९०० जनाको नमूना परीक्षण गर्दा सो फेला परेको थियो । २०७२ कात्तिकमा केन्द्रीय र जिल्लास्तरीय टोलीले नमूना रक्त संकलन गरेको थियो। २०७२ सालमा बजेट स्वीकृत नहुँदा अभियान सञ्चालन भएको थिएन। 

विसं २०७१ मा जिल्लाका ४० विद्यालयका छ र सात वर्ष उमेरका बालबालिकामा समेत नमूना परीक्षण गर्दा करिब पाँच प्रतिशतमा हात्तीपाइलेको जीवाणु भेटिएको प्रमुख भगतले बताउनुभयो । सोही तथ्यांक बाहिर आएपछि जिल्लामा दुई वर्ष अभियान थपिएको थियो । यो हात्तीपाइले विरुद्धको अभियान जिल्लामा अन्तिम भएकाले सबैले हातेमालो गर्न उहाँले अपिल गर्नुभयो । 

सो रोगविरुद्ध दिइने औषधि पूर्णरूपमा सुरक्षित भए पनि भ्रममा परेर धेरैले नखाएपछि समस्या देखिएको तौलिहवा अस्पतालका डाक्टर सजल त्वानावासुले बताउनुभयो । “सो रोगविरुद्ध दिइने औषधि विश्व स्वास्थ्य संगठनले सिफारिश गरेको हो, त्यसैले यो पूर्णरूपमा सुरक्षति छ, ढुक्कसँग खाए हुन्छ” उहाँले भन्नुभयो । औषधि सेवनले सामान्य असर देखिन सक्ने भएपनि केही नहुने उहाँको भनाइ छ । 

रोगका परजीवी रहेका मानिसलाई सामान्य वाकवाकी रिंगटा आउने र टाउको दुख्न सक्ने उहाँले जानकारी दिनुभयो । “यो भनेको सामान्य कुरा हो, औषधि सेवनले हात्तीपाइले सर्नबाट सुरक्षित राख्छ” स्वास्थ्य कार्यालयका फोकल पर्सन उदयचन्द चौरसियाले भन्नुभयो । 

औषधिविरुद्ध भ्रामक कुराले गर्दा गाउँतिर भन्दा शहर बजारतिर औषधि सेवन नगरेको उहाँले बताउनुभयो । “गाउँमा मानिसले ढुक्कसँग औषधि खाए, शहरीयाले पोकामा थन्काएर राखे” उहाँले भन्नुभयो– “त्यसले गर्दा अभियानले सार्थकता पाउन सकेन ।” यस पटक ३० देखि ४० घरको बीचमा एकजना स्वयंसेवक परिचालन गरिने योजना रहेको उहाँले सुनाउनुभयो । 

स्वयंसेवककै प्रत्यक्ष निगरानीमा औषधि खुवाइनेछ । हात्तीपाइले उच्चेरिया बाक्रोफटी नामको परजीवीबाट लाग्दछ । यो परजीवी एक व्यक्तिबाट अर्कोमा लामखुट्टेको टोकाइबाट सर्दछ । केटाकेटी यो रोगको जोखिममा रहने स्वास्थ्यकर्मी बताउँछन् । 

यो रोग लागेपछि खुट्टा सुन्निएर हात्तीको जस्तै हुने, हात, स्तन सुन्निने गर्छ । यो औषधि दुई वर्षमुनिका बालबालिका, सात दिनको सुत्केरी, कडा रोग लागेका र ७० वर्ष नाघेकाले सेवन गर्न नहुने चिकित्सक बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय