Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

चार वर्षअघि हराएका बालक फेला

२०७४, २६ माघ शुक्रबार ०७:३३

माघ २६, कपिलवस्तु | चार वर्षअघि हराएका एक बालकलाई फेलापारी यहाँ ल्याइएको छ । झापा सुरुङ्गास्थित तामाङ गाउँका १४ वर्षीय सुनिल विक चार वर्षअघि नाताले मामा पर्नेसँग भारतको पञ्जाव घुम्न गएका थिए । 

मामाले पञ्जाबमा आफ्नै पसलमा उनलाई काममा लगाएका थिए तर एक दिन मामा पर्नेले पसल बन्द गरी जानकारी नै नदिइ भागेको बालक सुनिलले बताए । भारतमा बेवारिसे भएर डुलिरहेका बेला भारतीय प्रहरीको सहयोगमा भारत नेपाली एकता समाजमार्फत बालक विकलाई कृष्णनगर प्रहरी कार्यालयमा पठाइएको थियो । उक्त प्रहरी कार्यालयले जिल्ला बालकल्याण समितिमार्फत कपिलवस्तु बालगृहमा पठाएको बालगृहका संयोजक रामप्रसाद अर्यालले बताउनुभयो । 

झापा जिल्ला सुरुङ्गा बस्ने तारामान विक र रमा विक छोरा सुनिललाई यही पुस २६ गते जिल्ला बाल कल्याण समितिमार्फत बालगृहमा लाइएको र उनले आफ्ना बुबाआमा र आफन्त भेट्न आतुर रहेको उहाँले जानकारी दिनुभयो । 

बालकका बुबाआमा पत्ता लगाई परिवारको जिम्मा लगाउन झापा जिल्ला बालकल्याण समितिसँग समन्वय गरी छिट्टै झापा पठाइने जिल्ला बालकल्याण समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ