2026-09-14 06:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा पलातामा १२ कक्षासम्म पढ्न शुल्क नलाग्ने

माघ २६, कालीकोट | जिल्लाको सबैभन्दा बिकट पलाता गाउँपालिकाले उच्च शिक्षा निःशुल्क दिने निर्णय गरेको छ । गाउँपालिकाले सरकारले गर्न नसकेको उच्च शिक्षा निःशुल्क गर्ने औपचारिक निर्णय गरेको हो । गाउँपालिकाको निर्णय अनुसार अब ११ र १२ कक्षामा जुनसुकै विषय अध्ययन गर्ने विद्यार्थीहरुबाट पलाता गाउँपालिकाका कुनै पनि विद्यालयले एक रुपैयाँ शुल्क समेत लिन पाउने छैनन् ।

गाउँपालिका क्षेत्रभित्र जम्मा चार वटा उच्च माध्यामिक विद्यालय रहेका छन् । गाउँपालिकाले नै विद्यालयलाई आवश्यक पर्ने रकम विनियोजन गर्ने भएपछि निःशुल्क शिक्षा घोषणा गरिएको हो । विगतमा स्थानीय शुल्क, परीक्षा शुल्क, पाठ्यपुस्तक शुल्क लगायतका बिभिन्न शुल्क लिने गरिएपछि विद्यालयलाई आवश्यक रकम गाउँपालिकाबाट विनियोजन गरी पूर्ण रुपमा उच्च शिक्षा निःशुल्क गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले बताए ।

चार वटा विद्यालयहरुका लागि गाउँपालिकाले ३५ लाख रुपैयाँ छुट्याएको छ । सोही रकमबाट विद्यालयलाई आवश्यक पर्ने पूर्वाधार निर्माण, शिक्षकको तलव खर्च व्यहोर्ने अध्यक्ष बमको भनाइ छ । यसअघि निजी श्रोतबाट सञ्चालित दशजोड दुई विद्यालयका शिक्षक, कर्मचारी र आवश्यक ब्यवस्थापनको जिम्मा पूर्णरुपमा गाउँपालिकाले लिने निर्णय भएका अध्यक्ष बमले बताए ।

आवश्यक सबै खर्च गाउँपालिकाले व्यहोर्ने भएपछि गाउँपालिकामा संचालित उच्च माविहरुमा निःशुल्क शिक्षा घोषणा गरिएको हो । यस अघि विभिन्न बहानामा विद्यार्थीहरुले वार्षिक रुपमा ९ हजारदेखि २५ हजारसम्म शुल्क तिर्नुपर्ने बाध्यता थियो । निःशुल्क पढ्न पाउने भएपछि विद्यार्थीहरुले खुसी व्यक्त गरेका छन् । गाउँपालिकाको वडा नं. ५ मा रहेको कर्णाली माध्यामिक विद्यालयमा कक्षा ११ मा अध्यनरत छात्रा केषपुराकुमारी बुढाले गाउँपालिकाको निर्णयले आफूहरुलाई उच्च शिक्षाको बाटो सजिलो भएको बताईन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले