२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिबाहको अघिल्लो दिन बेहुला बेपत्ता, कसले लेख्यो ‘भोलि बालकृष्णको अन्तिम दिन हो’?

२०७४, २७ माघ शनिबार ०१:४९

माघ २७, काठमाडौं | घरमा कामको चटारो थियो । बिहेका लागि सरसामान जोरजाम पारिँदै थियो। अघिल्लो दिन अकस्मात् बेहुला हराए। खोजी गर्दा कतै भेटिएनन्। बाध्य भएर आफन्त र स्थानीय बासिन्दा प्रहरी कार्यालय पुगे। खोजीका लागि निवेदन दिएकै ६ दिन बितिसक्यो। 

अहिलेसम्म अवस्था पत्ता नलाग्दा उनीहरूले बाध्य भएर शुक्रबार प्रशासन कार्यालय नै घेराउगरेका छन्। सोमबार विवाहको लगन जुराइएको थियो। गैंडाकोट–१४ का २९ वर्षीय बालकृष्ण खरेल अघिल्लो

बेलुकासम्म परिवारका सदस्यसँग हाँसीखुसी व्यवहार गरिरहेका थिए। तर, मध्यरातदेखि उनीबेपत्ता भए। घर नजिककी युवतीसँग विवाह छिनिएको थियो, उनको। दुवै परिवारले सबै तयारीपूरा गरिसकेका थिए। बेहुला एकाएक बेपत्ता भएपछि दुवै पक्ष चिन्तित छन्।

‘बिहेको अघिल्लो दिन राति १२ बजेसम्म घरमै गफ गरेर बसेका थियौं, पछि सुत्न गयौं। बिहानहेर्दा भाइ कोठामा थिएन,’ दाजु गणेशले भने, ‘कतै निस्केका होलान्, आइहाल्लान् भनेर सबैतयारी गर्‍यौं। जन्ती आउने क्रम सुरु भयो। भाइ आएनन्।’ त्यसपछि सबै आत्तिए। अहिलेसम्मउनको कुनै खबर नपाउँदा परिवारका सदस्य चिन्तित छन्।

९ वर्षदेखि स्पेनमा बस्दै आएका थिए, बालकृष्ण। गत मंसिरमा घर आएका थिए। आफन्तकाअनुसार उनकै राजीखुसीले विवाहको टुंगो लागेको थियो। परिवारले इलाका प्रहरी कार्यालयगैंडाकोट, रजहर र जिल्ला प्रहरी कार्यालयमा खोजीका लागि निवेदन दिएका छन्। प्रहरीलेहराएदेखि नै बालकृष्णको मोबाइलको ‘स्विच अफ’ रहेको तर फेसबुक भने ‘एक्टिभ’ भएकोजनाएको छ।

प्रहरीका अनुसार अघिल्लो दिन माघ २१ गते राति ११:३७ देखि ११:५७ सम्म लगातार बेहुलीकोमोबाइलमा फोन गरेको देखिएको छ। त्यसपछि मोबाइल ‘अफ’ छ। फेसबुकमा अनलाइन देखिएपनि परिवारका सदस्यले सोधेका कुराको जवाफ आएको छैन। बिहीबार राति ११:३९ मा उनकोफेसबुकमा ‘भोलि बालकृष्णको अन्तिम दिन हो’ भन्ने स्टाटस अपडेट भएको देखिएपछिपरिवारजन गहिरो चिन्तामा छन्। त्यसको अघिल्लो दिन ११:३९ बजे उनको म्यासेन्जरमा फोनगर्दा हिन्दीमा ‘बालकृष्ण नही है’ भन्ने जवाफ आएको र त्यसपछि फोन राखिएको परिवारजनकोभनाइ छ।

शंकास्पद संवाद र फेसबुक स्टाटसका आधारमा उनको अपहरण भएको हुन सक्ने आशंकाप्रहरीले गरेको छ। परिवारका सदस्यहरू भने बालकृष्णको कसैसँग पनि झगडा वा शत्रुतानभएको बताइरहेका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासीले ‘कल डिटेल्स’ लिएर उनकोखोजी भइरहेको जनाएको छ। तीन दाजुभाइमध्ये बालकृष्ण परिवारका कान्छा हुन्। कक्षा १२सम्मको अध्ययन गरेर उनी नौ वर्षअघि बिदेसिएका थिए। उनी स्पेनस्थित एक होटलमा कामगर्थे। – कान्तिपुरबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे