2026-09-21 10:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ज्यानमारा सडक: जहाँ दुर्घटना भएपछि बाँच्ने सम्भावना अत्यन्त कम छ

माघ २७, काठमाडौं । तीनकुने सूर्यविनायक सडक खण्डमा दैनिक धेरै संख्यामा दुर्घटना हुने गरेका छन् । 

दुर्घटनाका कारण ज्यान गुमाउने बर्सेनि बढेका छन् । आजको नागरिक दैनिकमा पवित्रा सुनारले लेखेकी छन् ।

समाचारमा लेखिएको छ, यो बर्षमात्र करिब ३० जनाले यो सडक खण्डमा ज्यान गुमाएको हुन सक्ने स्थानीयले बताए ।

‘सडकमै मृत्यु भएको रेकर्ड प्रहरीसँग हुन्छ । कतिको त अस्पताल पुगेर उपचारका क्रममा मृत्यु हुन सक्छ, त्यो कुरा कसैलाई थाहै हुँदैन ।’ स्थानीय पसले रोकश श्रेष्ठले भने ।

उनी भन्छन्, ‘यो सडकमा दुर्घटना भएपछि बाँच्ने सम्भावना अत्यन्त कम हुन्छ ।’ महानगरीय ट्राफिक महाशाखाको दुर्घटना विवरणअनुसार यो सडक खण्डमा पाँच बर्षको अवधिमा ७८ जनाको मृत्यु भएको छ । 

चालू आर्थिक बर्षको माघ महिनाभित्र १५ जनाको मृत्यु भइसकेको छ । तीनकुनेदेखि सूर्यविनायकसम्म ९ किलोमिटर सडक खण्डमा यति ठूलो संख्यामा व्यक्तिको ज्यान गएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो