६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रक्षामन्त्री भीमसेनदासलाई सरकारको ५० लाख

२७ माघ २०७४, शनिबार ०३:१६

माघ २७, काठमाडौं । सरकारले राष्ट्रियसभाका लागि तीन जनाको नाम सिफारिस गरेको छ। 

बालुवाटारमा शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गोपालकुमार बस्नेत (झापा), चाँदनी जोशी (काठमाडौं) र कृष्णप्रसाद पौडेल (स्याङ्जा) लाई राष्ट्रियसभामा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। 


यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ। नेपालको संविधानको धारा ८६ को उपधार २ ख बमोजिम सरकारले राष्ट्रिय सभामा नियुक्तिका लागि तीन जनाको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो।

सिफारिसमा परेका बस्नेत झापा कांग्रेसका पूर्वसचिव हुन्। कांग्रेस विभाजित हुँदा उनी शेरबहादुर देउवा नेतृत्वको प्रजातान्त्रिक कांग्रेस झापाका जिल्ला सभापति थिए।

यस्तै, जोशी महिला विकासका लागि संयुक्त राष्ट्रसंघीय कोषकी दक्षिण एसिया क्षेत्रकी पूर्वनिर्देशक हुन्। जोशीसँग पद्मकन्या क्याम्पसमा प्राध्यापन गरेको पनि अनुभव छ। राष्ट्रियसभा सदस्यका लागि सिफारिस पौडेल कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव हुन्।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले रक्षामन्त्री भीमसेनदास प्रधानलाई उपचारका लागि ५० लाख दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। उपचारका लागि भन्दै मन्त्री प्रधानले आफैंले प्रस्ताव गरेपछि उनका लागि ५० लाख दिने निर्णय भएको पनि ती मन्त्रीले जानकारी दिए।

यस्तै, बैठकमा विभिन्न मन्त्रीको प्रस्तावमा १ हजारभन्दा बढीलाई करोडौं रुपैयाँ वितरण गर्ने सम्बन्धमा छलफल भए पनि निर्णय नभएको स्रोतले जानकारी दिएको छ।

सहायता वितरणसम्बन्धी प्रस्ताव गृह मन्त्रालयबाट आउनुपर्नेमा केही मन्त्रीको ठाडो प्रस्तावमा करोडौं रुपैयाँ बाँड्दा गलत सन्देश जाने भन्दै प्रशासनिक अधिकारीले सुझाव दिएपछि प्रधानमन्त्री निर्णयबाट पछि हटेका हुन्। यसअघि सरकारले १५ सयभन्दा बढीलाई झन्डै ४० करोड वितरण गरिसकेको छ।

यसैगरी, मन्त्रिपरिषद् बैठकले बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा बनाउन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्ले नेतृत्वको समितिले बुझाएको प्रतिवेदन पारित गरेको छ।

यसैगरी, मन्त्रिपरिषद् बैठकले राष्ट्रकवि माधव घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथी सम्मान प्रदान गर्ने निर्णय गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने