६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसरी हैरान भयो दुई पुरुषबीचको यौनसम्बन्धले प्रहरी

२८ माघ २०७४, आईतवार ०२:३२

माघ २८, ललितपुर । लामो समयसम्म सहमतिमै यौनसम्बन्ध राख्दै आएका स्वास्थ्य क्षेत्रसम्बद्ध दुई पुरुषबीच असमझदारीपछि घटना ‘बलात्कारी’को आरोप-प्रत्यारोपसम्म पुगेको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

घटना छताछुल्ल हुन थालेपछि स्वास्थ्य सेवा विभागले छानबिन टोली गठन गर्नुपर्ने अवस्था उत्पन्न भयो। गोदावरी नगरपालिका- ५ बस्ने औषधि व्यवसायी जीवन सिलवाल र लेले प्राथमिक स्वास्थ्य चौकीका इन्चार्ज दीपेन्द्र शाहबीच यौनसम्बन्धपछिको मनमुटाव विभाग, स्वास्थ्य चौकी र प्रहरीका लागि टाउको दुखाइको विषय बनेको हो।

मनमुटाव उत्कर्षमा पुगेपछि सिलवालले स्वाथ्य चौकी इन्चार्ज शाहविरुद्ध बलात्कारको आरोपसमेत लगाएका छन्। तनाव मत्थर गर्न विभागले साहलाई सरुवा गरेर कालिकोट पुर्‍यायो। 

अनैतिक कार्यले यत्रतत्र खासखुसको रूप लिएपछि घटना सामसुम पार्न दुई महिनाअघि दुवैजनालाई छलफलमा पनि डाकियो। उनीहरू छलफलमा आएर अनुचित कार्य गरेकोमा पश्चात्ताप गर्दै गल्ती पनि स्विकारे। त्यसपछि दुवैजनालाई एकै ठाउँ राख्दा झन् समस्या हुने ठानेर विभागले छुट्याउन साहलाई कालिकोट सरुवा गरेको हो।

‘यस्तो अनुचित कार्य सतहमा आएपछि दुवै जनालाई छलफलमा बोलाइयो। उनीहरूले बदमासी पनि स्विकारे। त्यसपछि विभागको रोहबरमा मेलमिलाप गराइयो’, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख झलक शर्मा पौडेलले भने, ‘उनीहरूलाई छलफलमा बोलाउँदा सहमतिमा सम्बन्ध राखेको स्विकारेका थिए। त्यतिबेला दुवैले आनन्द लिने काम गर्‍यौँ। 

तर हामीले बदमासी गरेका हौँ भनेर गल्ती महसुस गरे।’ उनीहरूले विभागसमक्ष यस्तो घटनालाई थप अघि नबढाउन आग्रहसमेत गरेका थिए। विभाग टोलीले गरेको छानबिनपछि विवाद साम्य पार्न साहलाई कालिकोट सरुवा गरिएको पौडेलले बताए।

घटना मत्थर हुन नपाउँदै पुनः सिलवालले साहले एक अन्तर्वार्तामा आफूमाथि बलात्कार हुने गरेको आरोप लगाएका छन्। आफू ११ महिनादेखि बलात्कृत हुँदै आएको उनको दाबी छ।

एक्लै हुँदा आफूमाथि जबर्जस्ती अप्राकृतिक मैथुन गर्ने गरेकोसमेत उनले बताएका छन्। सिलवालले लेलेमा मेडिकल पसल सञ्चालन गर्दै आएका छन्। महिलाले गर्भाधान रोक्न प्रयोग गर्ने ‘संगिनी सुई’का कारण उनीहरूबीच असमझदारी भएको लेले चौकी प्रमुख नारायण भण्डारीले बताए। साहले सिलवाललाई स्वास्थ्य चौकीबाट संगिनी सुई दिने गर्थे। 

सिलवाललाई दिइँदै आएको सुई उपलब्ध गराउन छाडेपछि यौनसम्बन्धको पोल बाहिरिएको हो। ‘संगिनी सुई बंगुरलाई मोटो पार्न गाउँलेलाई बेच्ने गरेको सुन्नमा आएको थियो’, भण्डारीले भने, ‘भित्री कुरा उनीहरूलाई नै थाहा होला।’

सिलवालले सबैलाई सामाजिक रूपमा हैरान पारेको गुनासोसमेत चौकीमा आउने गरेको उनको भनाइ छ। तर सिलवालले मौखिक र अन्तर्वार्तामा समेत आफू बलात्कृत भएको बताए पनि प्रहरीमा जाहेरी भने दिएका छैनन्। 

तर उनले गत असोज २० गते सोही वडाका रवि सिलवालविरुद्ध आफूमाथि छक्काको आरोप लगाएको भन्दै महानगरीय प्रहरी वृत्त चापगाउँमा जाहेरी दिएका थिए।

त्यसअघि उनले महानगरीय प्रहरी परिसर जावलाखेल र प्रहरी प्रधान कार्यालयमा पनि उजुरी दिएका थिए। जाहेरी परे पनि राष्ट्रिय मानवअधिकार आयोगमा जाने सहमति भएपछि प्रहरी छानबिन अघि नबढेको वृत्तका डीएसपी रवीन्द्र रेग्मीले बताए।

‘सरसर्ती हेर्दा सिलवाल खराब नियतका देखिन्छन्’, उनले भने, ‘किनकि एउटै व्यक्तिविरुद्ध उनले एकपछि अर्को जाहेरी दिँदै हिँडेका छन्। बलात्कारको आरोपमा भने कतै जाहेरी देखिन्न।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने