2026-09-14 06:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा बर्षाले जनजीवन प्रभावित

माघ २९, कालिकोट | सोमबार दोस्रो पटक भारी बर्षा सँगै हिमपात भएको छ । हिमपातले जाडो निकै बढेपछि जिल्लाको जनजीवन कष्टकर बनेको छ । सोमबार दिनभर लगातार वर्षा भएसंगै कालिकोट सदरमुकाम लगायतका अन्य लेकाली भेकहरुमा भने भारी हिमपात भएको छ ।

गत वर्ष पुसमा नै हिमपात भएको कालिकोटमा यस वर्ष भने माघमा मात्र हिउँ परेको छ । गत भदौ महिनादेखी परेको खडेरीका कारण सुक्न लागेको हिउदे बाली सप्रिने भएपछि किसानहरुले राहत महसुस गरेका छन् । हिमपात पछि कालिकोट सदरमुकाम मान्मदेखि देखिने उच्च हिमालय र चुचुराहरु सेताम्मे भएका छन् । भारी बर्षा र हिमपातका कारण कालिकोटमा अत्यधिक जाडो बडेको छ । सोमबार विहानैदेखि परेको पानि र हिमपातले जाडो निकै बृद्धि भएकाले नागरिकलाई सजकता अपनाउन प्रशाससनले आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी सहायक प्रमूख जिल्लला अधिकारी राजकुमार दुलालले मौषम पुर्व अनुमान महाशाखाले मुलुकभर बर्षा र पहाडी तथा उच्च हिमाली भेकमा हिमपात हुने भनेर पत्राचार गरेको बताउँदै जिल्लाका स्थानीयलाई जाडोबाट जोगिन सबै स्थानीय तहका प्रमूखहरुलाई समेत जानकारी गराएको बताए ।

यसैगरी जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले झरीसंगैको बढ्दो चिसोका कारण बालबालिका र बृद्धाबृद्धाहरुलाई रुघाखोकी निमोनिया दम जस्ता रोगहरुबाट बच्न न्यानो कपडासहित तातोमा रहन आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले