2026-10-31 08:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

अभाव र दवाब मुक्त बरातुका महिला

दलसिंह गिरी | माघ २९, कालिकोट | नेपालका अधिकांश ग्रामिण इलाकामा अझै पनि कायमै रहेको पाईन्छ महिलाहरुले आफ्नो इच्छानुसार कुनैपनि सामानहरु बिक्रि बितरण तथा किनमेल गर्न नपाउने प्रचलन । कुनै घरायसी सामान्य बस्तु किनमेल तथा विक्रिबितरण गर्नु परेमा घरको मुली अथवा आफ्नो पती, छोरा वा पुरुष मानिसलाई नसोधी त्यो कार्य गर्न पाईदैन । धेरै जसो महिलाहरु निर्णायक अधिकार टाढै रहेको पाईन्छ ।

तर यस्ता बन्देजकारी घटनाक्रमबारे अनभिग्य जस्तै देखिएका छन् खाडाचक्र नगरपालिका वडा नं. ११ बरातुका महिला । उनीहरु सधै जसो प्राय विहान पख खेतबारी तथा मेलापात (घास दाउरा गर्नेकाम) चुलोचौको गरी खानपीन गर्छन् अनि आफ्नै बारीमा फलेका तरकारी फलफूल टिपी जिल्ला सदरमुकाम खाडाचक्र बजार केन्द्रमा विक्रिवितरण गर्छन । अनी आफ्नै मन सुहाउदो आवश्यक सामानहरु किनमेल गरी गाउँ फर्किन्छन् ।

बरातुका महिलाको दैनिकी जस्तो कार्यमा घरका अन्य कुनैपनि सदस्यले केही भन्दैनन् । घरखर्च, आफ्ना केटाकेटीहरुका लागि पढाई खर्च आफै ब्यवस्थापन गर्छन । फलफूल तथा तरकारी खेतीका लागि हावापानी सुवाउदो भुगोल मिलेको खेती योग्य जमिन भएकाले पनि त्यहाँका महिलाहरु तरकारी तथा फलफूल खेतीमा आफै अग्रसर भएको देखिन्छन् ।

विशेष गरी कृषि सम्बन्धी काम गर्ने विभिन्न सरकारी तथा गैर सरकारी निकायहरुको सहयोग तथा समन्वयमा अग्रसर भएका महिला कृषक कृषि सम्बन्धी बिभिन्न अभिमुखीकरण तथा तालिमहरु पाईरहेकाले पनि उनीहरुलाई थप हौसला तथा उर्जा थपिएको पाईन्छ ।

बरातुका महिला तरकारी तथा फलफूल खेती ब्यवसायीकरुपमा अग्रसर हुनुमा आफ्नै घरपरिवारको पृष्ठपोषण रहेको अगुवा कृषक तारा गिरी बताउँँछिन् । उनी भन्छीनः आजभोली गाउँमा पुरुष जती अन्य परिश्रम गर्छन, हामी महिला जती ब्यवसायीक कृषि खेतीगरी घर खर्च तथा केटाकेटीलाई पढाई खर्च सबै ब्यवस्थापन गर्दछौं ।

प्राय १२ महिना मै कुनै न कुनै फलफुल तथा तरकारी उत्पादन खाली नहुने  बरातुमा कुनैमहिना खाली भएर बस्नु नपरेको अगुवा कृषक गिरी बताउछिन् । कम्तिमा बार्षिक करीब १ लाख भन्दा नकमाउने कुनैपनि महिला नरहेको गिरी बताउछिन् । यहाका महिलाहरु आफ्नो स्वास्थ्य उपचार समेतको खर्च ब्यवस्थापन आफै गर्ने गरेको बरातुका महिला बताउछन् ।

आत्मनिर्णयको अधिकार बारे खुशीको ब्यक्त गर्दै अर्का अगुवा कृषक विरु भारती बरातुका महिलाको हकमा आत्मनिर्णयको अधिकार प्रक्रितिले दिएको बरदान जस्तै भएको बताउछन् । सुहाँउदो हावापानी संगै उचित बजार ब्यवस्थापन पनि जनिकै भएकाले यहाँका महिलाहरु आर्थिकरुपमा सक्षम देखिएका भारती बताउछिन् ।

जिल्ला कृषि विकास कार्यालयले सुन्तलाको गाउँको रुपमा घोषणा गरेको बरातुमा यी महिलाहरुका प्रतिनीधि पात्र मात्रहुन् विरु र तारा । पूर्ण छाउपडी मुक्त र पूर्ण सरसफाई युक्त गाउँ घोषणा गर्न अहम भूमिका खेलेको यहाँका महिला अहिले जिल्लामै चित परिचित बन्दै गएका पाईन्छ ।

जिल्लाका विभिन्न निकायहरुको निरन्तर सम्बन्धका कारणले पनि यहाँका महिलाहरुको चेतना स्तरमा बृद्धि भै यस्तो प्रतिफल पाईएको बालविकास आधारभूत विद्यालयका प्रधानाध्यापक टेक बहादुर भारती बताउछन् । हाल बरातुलाई छाउपडी मुक्त, पूर्ण साक्षर र पूर्ण सरसफाई युक्त गाउँ घोषणा समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय