२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

सुरक्षाकर्मी सहित यसरी देखिए ब्रह्माकुमारी (फोटो फिचर)

१ फाल्गुन २०७४, मंगलवार १५:२५

दलसिंह गिरी | फागुन १, कालिकोट | हिन्दु धर्मावलम्वीहरुले विशेष तामझामका साथ मनाउने महाशिवरात्री पर्ब कालिकोटमा पनि विशेष तामझामका साथ मनाईएको छ । ब्रह्माकुमारी ईश्वरीय बिश्वबिद्यालय एवं राजयोग प्रशिक्षण उप केन्द्र कालिलकोटको आयोजनामा  महाँशीवरात्री पर्व जिल्लामै पहिलो पटक विशेष तामझामका साथ मनाईएको हो । 

जिल्लामा विगतका बर्षहरुमा महिलाहरु मात्र शिव मन्दिरमा गएर सामान्य पुजाँपाठ गरी मनाइने यो पर्ब यस बर्ष भने एक विशेष कार्यक्रम सहित मनाईएको छ । ओम शान्ति तथा ब्रह्माकुमारी ईश्वरीय बिश्वबिद्यालय एवं राजयोग प्रशिक्षण उप केन्द्र कालिकोटको आयोजनामा धार्मीक झण्डात्तोलन, शान्ति र्याली तथा साँकृतिक झाँकी सहित शिव पर्ब जिल्ला सदरमुकाम खाडाचक्रमा मनाइएको छ ।


प्रमूख जिल्ला अधिकारी चन्दनाथ गौतमको प्रमुख आथित्यतामा आयोजित कार्यक्रममा प्रजिअ गौतमले समाजमा शान्ति स्थापनाका लागि हरेक मानिसको मन शान्तीका लागि यस्ता पर्बहरु मनाउनु आवश्यकता रहेको बताउनु भएको छ । नेपालमा हुने धार्मीक चाडपर्बले नेपाली समाजमा भाईचारा तथा सामाजिक सद्भाव को भुमिका खेलेको भन्दै यसलाई निरन्तरता दिन आवश्यक रहेको बताउनु भएको छ । 

महा शिबरात्री विशेष कार्यक्रममा बोल्दै खाँडाचक्र नगरपालिकाका उप–मेयर बिजया बिष्टले धार्मिक सास्कृतिको संरक्षण तथा सम्बद्र्धनका लागि यस्ता पर्बहरुको ठूलो महत्व रहेको बताउनु भएको छ । यस्तै ब्रह्माकुमारी बिश्वबिद्यालय एवं राज योग प्रशिक्षण केन्द्रकी ब्रह्माकुमारी बिमला महत्तले मानवियता, नैतिकता, सव्यता, संस्कार अहिलेको आधुनिक युगमा हराउदै गएकाले संरक्षण तथा प्रवर्धनका लागि यस्ता पर्बहरु मनाईरहनु अपरिहार्यता रहेको बताउनु भएको छ ।  हरेक मानिसको आचारण र व्यवहारलाई सुधार्न यस्ता धार्मिक कार्यक्रमहरु अभियानकै रुपमा संचालन गर्न आवश्यक रहेको वहाले बताउनु भयो । 


जिल्ला बासीहरुको सक्रियतामा आयोजित महाशिबरात्री विशेष कार्यक्रममा पंञ्च कन्या झाँकी विशेष आकर्षकको विन्दु बनेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य