Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

सुरक्षाकर्मी सहित यसरी देखिए ब्रह्माकुमारी (फोटो फिचर)

२०७४, १ फाल्गुन मंगलवार १५:२५

दलसिंह गिरी | फागुन १, कालिकोट | हिन्दु धर्मावलम्वीहरुले विशेष तामझामका साथ मनाउने महाशिवरात्री पर्ब कालिकोटमा पनि विशेष तामझामका साथ मनाईएको छ । ब्रह्माकुमारी ईश्वरीय बिश्वबिद्यालय एवं राजयोग प्रशिक्षण उप केन्द्र कालिलकोटको आयोजनामा  महाँशीवरात्री पर्व जिल्लामै पहिलो पटक विशेष तामझामका साथ मनाईएको हो । 

जिल्लामा विगतका बर्षहरुमा महिलाहरु मात्र शिव मन्दिरमा गएर सामान्य पुजाँपाठ गरी मनाइने यो पर्ब यस बर्ष भने एक विशेष कार्यक्रम सहित मनाईएको छ । ओम शान्ति तथा ब्रह्माकुमारी ईश्वरीय बिश्वबिद्यालय एवं राजयोग प्रशिक्षण उप केन्द्र कालिकोटको आयोजनामा धार्मीक झण्डात्तोलन, शान्ति र्याली तथा साँकृतिक झाँकी सहित शिव पर्ब जिल्ला सदरमुकाम खाडाचक्रमा मनाइएको छ ।


प्रमूख जिल्ला अधिकारी चन्दनाथ गौतमको प्रमुख आथित्यतामा आयोजित कार्यक्रममा प्रजिअ गौतमले समाजमा शान्ति स्थापनाका लागि हरेक मानिसको मन शान्तीका लागि यस्ता पर्बहरु मनाउनु आवश्यकता रहेको बताउनु भएको छ । नेपालमा हुने धार्मीक चाडपर्बले नेपाली समाजमा भाईचारा तथा सामाजिक सद्भाव को भुमिका खेलेको भन्दै यसलाई निरन्तरता दिन आवश्यक रहेको बताउनु भएको छ । 

महा शिबरात्री विशेष कार्यक्रममा बोल्दै खाँडाचक्र नगरपालिकाका उप–मेयर बिजया बिष्टले धार्मिक सास्कृतिको संरक्षण तथा सम्बद्र्धनका लागि यस्ता पर्बहरुको ठूलो महत्व रहेको बताउनु भएको छ । यस्तै ब्रह्माकुमारी बिश्वबिद्यालय एवं राज योग प्रशिक्षण केन्द्रकी ब्रह्माकुमारी बिमला महत्तले मानवियता, नैतिकता, सव्यता, संस्कार अहिलेको आधुनिक युगमा हराउदै गएकाले संरक्षण तथा प्रवर्धनका लागि यस्ता पर्बहरु मनाईरहनु अपरिहार्यता रहेको बताउनु भएको छ ।  हरेक मानिसको आचारण र व्यवहारलाई सुधार्न यस्ता धार्मिक कार्यक्रमहरु अभियानकै रुपमा संचालन गर्न आवश्यक रहेको वहाले बताउनु भयो । 


जिल्ला बासीहरुको सक्रियतामा आयोजित महाशिबरात्री विशेष कार्यक्रममा पंञ्च कन्या झाँकी विशेष आकर्षकको विन्दु बनेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै