२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरियाका सडकमा माग्दै नेपाली, ‘देशको इज्जत नै लुटिएजस्तो लाग्यो’

२०७४, २ फाल्गुन बुधबार ०४:२२

फागुन २, सोल | हट्टाकट्टा जवान युवा विदेशका सडकमा हात फैलाउदै मागिरहेको देख्दा एउटा नेपालीले कस्तो महसुस गर्ला ? एनआरएनए कोरियाकी अध्यक्ष लक्ष्मी लामाले दक्षिण कोरियाको व्यस्त सडकमा शुक्रबार तीन नेपाली युवा चन्दा मागिरहेको अवस्थामा भेटिन् । यो दृश्यले उनको मन खिन्न भयो, देशको इज्जत नै लुटिएजस्तो लाग्यो ।

ती युवा राजधानी सोलको नाम्भु (उत्तर दक्षिण) बस टर्मिनलमा एउटा पत्र देखाउदै बटुवासँग पैसा मागिरहेका थिए । लामासँग पनि कोरियन ठानेर उनीहरूले हात फैलाए । लामाले सुरुमा केही तस्बिर खिचिन् । जब उनले नेपालीमा कुरा गर्न थालिन्, दुई युवा तत्कालै भागे । नजिकैरहेका अर्का युवा पनि आफु नेपालमा अध्यापक रहेको र अध्ययनको सिलसिलामा कोरियामा रहेको र खर्च अभावले यसरी माग्नु परको बताउँदै भागिहाले ।

लामाका अनुसार ती युवा इन्टरनेसनल रिलिफ फ्रेन्डसिप फाउन्डेसन (आईआरएफएफ नेपाल) नामक संस्थाको पत्र देखाउँदै पैसा मागिरहेका थिए । संस्थाको लेटरप्याडमा सचिव प्रियारत्न महर्जनको हस्ताक्षर थियो। ‘जो जससँग सम्बन्धित छ’ भनी पत्रमा नेपालबाट कोरिया भ्रमणमा आएका स्वयंसेवी विद्यार्थीले गरिब बालबालिकाका लागि कोरियामा आवश्यक सहयोग लिन अनुमति लिएको उल्लेख छ । यस घटनाबारे दूतावासलाई सूचित गरिएको लामाले बताइन् । उनका अनुसार

दूतावासलेयसबारेअध्ययन गर्ने आश्वासन दिएको छ । ती युवाबाट प्राप्त सूचीअनुसार एक जना दाताले ५ हजारदेखि ५ लाख वन (५० हजार रुपयाँ) सम्म रकम दिएका छन् । कोरियाका सडकमा पैसा माग्दै हिडेको यो पहिलो घटना भने होइन । यसअघि पनि यस्तै युवालाई नेपालीलेनै भेटेर ‘नेपालको बेइज्जत गरे ’भन्दै दूतावासमा पुर्याइदिएका थुप्रै उदाहरण छन् । 

सन् २०१२ मा सुवन सहरको एक विश्वविद्यालय अगाडि सडकमा गरिब बालबालिकाको तस्बिर देखाउदै पैसा मागिरहेको भेटेपछि स्थानीय नेपाली व्यवसायी बुद्धि गुरुङ र कहरमान राईले समातेर तत्काल दूतावास पुर्याएका थिए ।

- मञ्जु गुरुङले आजको कान्तिपुरमा लेख्नुभएको छ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न