५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरियाका सडकमा माग्दै नेपाली, ‘देशको इज्जत नै लुटिएजस्तो लाग्यो’

२ फाल्गुन २०७४, बुधबार ०४:२२

फागुन २, सोल | हट्टाकट्टा जवान युवा विदेशका सडकमा हात फैलाउदै मागिरहेको देख्दा एउटा नेपालीले कस्तो महसुस गर्ला ? एनआरएनए कोरियाकी अध्यक्ष लक्ष्मी लामाले दक्षिण कोरियाको व्यस्त सडकमा शुक्रबार तीन नेपाली युवा चन्दा मागिरहेको अवस्थामा भेटिन् । यो दृश्यले उनको मन खिन्न भयो, देशको इज्जत नै लुटिएजस्तो लाग्यो ।

ती युवा राजधानी सोलको नाम्भु (उत्तर दक्षिण) बस टर्मिनलमा एउटा पत्र देखाउदै बटुवासँग पैसा मागिरहेका थिए । लामासँग पनि कोरियन ठानेर उनीहरूले हात फैलाए । लामाले सुरुमा केही तस्बिर खिचिन् । जब उनले नेपालीमा कुरा गर्न थालिन्, दुई युवा तत्कालै भागे । नजिकैरहेका अर्का युवा पनि आफु नेपालमा अध्यापक रहेको र अध्ययनको सिलसिलामा कोरियामा रहेको र खर्च अभावले यसरी माग्नु परको बताउँदै भागिहाले ।

लामाका अनुसार ती युवा इन्टरनेसनल रिलिफ फ्रेन्डसिप फाउन्डेसन (आईआरएफएफ नेपाल) नामक संस्थाको पत्र देखाउँदै पैसा मागिरहेका थिए । संस्थाको लेटरप्याडमा सचिव प्रियारत्न महर्जनको हस्ताक्षर थियो। ‘जो जससँग सम्बन्धित छ’ भनी पत्रमा नेपालबाट कोरिया भ्रमणमा आएका स्वयंसेवी विद्यार्थीले गरिब बालबालिकाका लागि कोरियामा आवश्यक सहयोग लिन अनुमति लिएको उल्लेख छ । यस घटनाबारे दूतावासलाई सूचित गरिएको लामाले बताइन् । उनका अनुसार

दूतावासलेयसबारेअध्ययन गर्ने आश्वासन दिएको छ । ती युवाबाट प्राप्त सूचीअनुसार एक जना दाताले ५ हजारदेखि ५ लाख वन (५० हजार रुपयाँ) सम्म रकम दिएका छन् । कोरियाका सडकमा पैसा माग्दै हिडेको यो पहिलो घटना भने होइन । यसअघि पनि यस्तै युवालाई नेपालीलेनै भेटेर ‘नेपालको बेइज्जत गरे ’भन्दै दूतावासमा पुर्याइदिएका थुप्रै उदाहरण छन् । 

सन् २०१२ मा सुवन सहरको एक विश्वविद्यालय अगाडि सडकमा गरिब बालबालिकाको तस्बिर देखाउदै पैसा मागिरहेको भेटेपछि स्थानीय नेपाली व्यवसायी बुद्धि गुरुङ र कहरमान राईले समातेर तत्काल दूतावास पुर्याएका थिए ।

- मञ्जु गुरुङले आजको कान्तिपुरमा लेख्नुभएको छ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने