Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ फाल्गुण ०३ गते, राति १:१३ बजे
काठमाडौँ - KTM

काठमाडौंमा ७.८ रेक्टरको भूकम्प गए दोब्बर क्षति

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन ३, काठमाडौं | तीन वर्षअघि गोर्खा केन्द्रबिन्दु भएर गएको ७.८ रेक्टर स्केलको भूकम्प दोहोरिए राजधानी काठमाडौंमा मात्र ७ खर्ब रुपैयाँ बराबरको क्षति हुने अध्ययनले देखाएको छ।

यस्तो भूकम्पले २२ हजारभन्दा वढी मानवीय क्षति हुने सरकारी अध्ययनको दावी रहेको खबर आजको कारोबार दैनिकमा निरु पालले लेखेकी छन्।

सहरी विकास मन्त्रालय अन्तर्गतको भूकम्प विपद जोखिम मूल्यांकन परियोजनाले जापानी सहयोग नियोग (जाइका) सँग मिलेर गरेको अध्ययनले मध्य नेपालको दक्षिणीभागलाई केन्द्रबिन्दु बनाएर भूकम्प गए काठमाडौं उपत्यकामा मात्र २२ हजार १ सय ८० जनाको ज्यान जाने देखाएको हो।

तीन वर्ष समय लगाएर गरिएको अध्ययनअनुसार यो क्षमताको भूकम्प दोहोरिए काठमाडौं उपत्यकामा मात्र ८६ हजार ८ सय ६० जना घाइते तथा ११ लाख ९६ हजार विस्थापित हुने अध्ययनले देखाएको हो।