2026-09-14 06:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

वडाध्यक्ष मोहम्मदका छोराको अपहरण

फागुन ४, कपिलवस्तु | मायादेवी गाउँपालिका–४ पिपराका वडाध्यक्षका छोराको अपहरण भएको छ । 

वडाध्यक्ष फत्ते मोहम्मदका छ वर्षीय छोरा रेहमानको अपहरण कसले गरेको हो भन्ने खुलेको छैन । घर नजिकैको निसवा स्कुल, गुल्डीहवामा नर्सरीमा पढ्ने रेजमानलाई स्कुल जाँदै गर्दा गाउँबाटै बिहीबार अपहरण गरिएको वडाअध्यक्ष मोहम्मदले बताउनुभयो । 

आफ्नो छोराको अपहरण भएको खबर साँझ ५:०० बजे मात्र थाहा भएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बिहानै नजिकैको स्कुल जान हिँडेको थियो तर बेलुकासम्म घर नआएपछि सोधखोज गर्दा भेटिएन ।” अपहरण भएको बारे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा उजुरी गरिएको मोहम्मदले जानकारी दिनुभयो । उनको खोजीका लागि उहाँले सबैसँग आग्रह गर्नुभएको छ । अपहरणबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ