2026-09-21 10:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारस्थित नेपाली दूतावासले काँचुली फेर्यो !

फागुन ६, दोहा (कतार) | यस अघि ‘मछलीबजार’ को उपनामले चिनिने कतारस्थित नेपाली दूतावासको रुप फेरिएको छ । 

यस अघि दुतावासको खुला परिसर थिएन । एकतले भवन थियो। राजदूतको कोठा ढकढकाउन जो पनि सीधै पुग्थे । कर्मचारीलाई काम गर्ने वातावरण थिएन । सेवाग्राहीको चापले दूतावासको एसीले काम गर्दैनथ्यो । कोठामा निसास्सिएर काम गर्नुपथ्र्यो । जतिखेर पनि कूटनीतिक कर्मचारीहरू तनावमा भेटिन्थे । राहदानीको नयाँ फाराम बुझ्ने र राहदानी लिने, मागपत्र  प्रमाणीकरण गर्न, प्रहरी प्रतिवेदन बनाउनेदेखि श्रम समस्यामा परेका नेपालीको भीड  नै लाग्थ्यो ।

तश्विरमा: हालको दुतावास 

दूतावासले दैनिक ७ सयदेखि एक हजार जनालाई सेवा दिनुपथ्र्यो । पीडितलाई आश्रय दिने कोठा थिएन । भान्सालाई नै आश्रयस्थल बनाइएको थियो । दूतावासको आफ्नै सुरक्षा गार्ड थिएन । शौचालय उस्तै अस्तव्यस्त । देशको छविमै आंच आउने भएकाले कूटनीतिक भेटघाट दूतावासमा हुँदैनथ्यो, राजदूतकै निवासमा गरिन्थ्यो । 

तश्विरमा: हालको दुतावास 

यो हविगत देखेको परराष्ट्र मन्त्रालयको लामो प्रयासपछि अर्थ मन्त्रालयले सुविधायुक्त भवनमा दूतावास राख्न मिल्ने गरी भाडा रकम बढाइदियो । झन्डै १० लाख रुपयाँ मासिक भाडा तिर्ने गरी अहिले दूतावास नयाँ भवनमा सारिएको छ । नयाँ भवनमा १६ कार्यकक्ष छन् । राजदूतको सुविधायुक्त सचिवालय छ ।

तश्विरमा: आफ्नै दुतावासमा छलफल हुँदै   

द्विपक्षीय छलफल गर्ने कूटनीतिक बैठक कक्ष, समुदायका अगुवासँग छलफल गर्न सामुदायिक बैठक कक्ष, कर्मचारीका लागि छुट्टै बैठक कक्ष छन् । पुरुष र महिलाका लागि शौचालय पनि अलग-अलग छन्। अब यहाँ कूटनीतिक कर्मचारी मात्रै ११ जना छन् । एकैखालका पीडित धेरैभए दूतावासकै गाडीमा राखेर पीडितलाई श्रम कार्यालयसम्म लैजानेसमेत व्यवस्था गरिएको छ । 

अब दुतावासले आपतकालीन राहदानी ३ दिनमै दिलाउनेछ, कन्सुलर सेवा अनलाइनमार्फत दिइरहेको छ । – यो खबर होम कार्कीले कान्तिपुरमा लेखेका छन् 

तश्विरहरु: कतारस्थित नेपाली दुतावासको फेसबुकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो