फागुन ७, काठमाडौं | सर्वोच्च अदालतले एनालग केबल टीभीहरुलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्ने निर्णय कार्यान्वयनका लागि सरकारलाई कानुनी बाटो खोलिदिएको छ।

सर्वोच्चको एकल इजलासले यसअघि जारी गरेको अन्तरिक आदेशको निरन्तरता नहुने आदेश जारी गरेसँगै सरकारलाई निर्णय कार्यान्वयन गर्न बाटो खुलेको हो ।

यसअघि न्यायाधीश बककुमार श्रेष्ठको एकल इजलासले तत्काल निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

आइतबार न्यायाधीशद्वय चोलेन्द्रशमशेर जबरा र प्रकाशमानसिंह राउतको संयुक्त इजलासले आन्तरकालीन आदेश निरन्तरता नहुने आदेश जारी गरेको हो । – आजको गोरखापत्रमा खबर छ ।

एनालग केबल टीभी बन्द गर्न सरकारलाई बाटो खुल्यो