२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा बुद्धपथ निर्माण गरिने

२०७४, ७ फाल्गुन सोमबार १०:५६

फागुन ७, कपिलवस्तु | कपिलवस्तु नगरपालिकाले स्थानीय बौद्ध सम्पदालाई समेटेर बुद्धपथ निर्माण गर्ने भएको छ । 

प्रथम चरणमा तिलौराकोट, कुदान, गोटिहवा, निगालिकोटलगायत सम्पदाको संरक्षण तथा व्यवस्थापन गरी पथको सञ्जाल जोड्ने योजना नगरपालिकाको छ । 

तिलौराकोटदेखि गोबरी, सेमरी हुँदै लक्ष्मीनगरको मार्ग, कुदानदेखि गोटिहवा हँुदै चौबीस हजारी र गोटिहवादेखि छोट्की तौलिहवा हुँदै बर्दहवाको मार्गलाई स्तरोन्नति गरी एकापसमा जोडिने छ । यस कार्यका लागि तत्काल रु ५४ करोड ८८ लाख विनियोजन भइसकेको नगरपालिका प्रमुख किरण सिंहले जानकारी दिनुभयो । 

दोस्रो चरणमा स्थानीय सेमरीदेखि निगालीकोट, सुखरामपुरदेखि लक्ष्मीनगर, दलदलाहदेखि गोटिहवा रोड, वभनीदेखि श्रीरामपुर रोड, लखडिया चौराहदेखि कपिववा गाउँ, तिलौराकोटदेखि रुधौली हुँदै जगदीशपुर तालसम्मको सडकको स्तरोन्नति गरिने छ । यस कार्यका लागि रु ७५ करोड ९१ लाख बजेट छुट्याइएको छ । 

चालू आर्थिक वर्षबाट कार्य प्रारम्भ गरिने नगरपालिकाले जनाएको छ । यी सडकलाई व्यवस्थित बनाएपछि ती बौद्ध सम्पदास्थललाई एक अर्कामा सञ्जाल विस्तार गर्न सकिने त्यसले बुद्धका जीवनमा भावनात्मक रुपले जोडिएका स्थल क्रमशः तिलौराकोट, कुदान, गोटिहवा, निगालिकोटलाई बुद्ध पथका रुपमा विकास गर्न सकिने नगरप्रमुख सिंहले बताउनुभयो । 

विभिन्न बौद्ध सम्पदास्थल भएर पनि ओझेलमा परेको उक्त क्षेत्रमा सो पथ निर्माण भएमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्ने र अर्थतन्त्रमा योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते