१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा बुद्धपथ निर्माण गरिने

७ फाल्गुन २०७४, सोमबार १०:५६

फागुन ७, कपिलवस्तु | कपिलवस्तु नगरपालिकाले स्थानीय बौद्ध सम्पदालाई समेटेर बुद्धपथ निर्माण गर्ने भएको छ । 

प्रथम चरणमा तिलौराकोट, कुदान, गोटिहवा, निगालिकोटलगायत सम्पदाको संरक्षण तथा व्यवस्थापन गरी पथको सञ्जाल जोड्ने योजना नगरपालिकाको छ । 

तिलौराकोटदेखि गोबरी, सेमरी हुँदै लक्ष्मीनगरको मार्ग, कुदानदेखि गोटिहवा हँुदै चौबीस हजारी र गोटिहवादेखि छोट्की तौलिहवा हुँदै बर्दहवाको मार्गलाई स्तरोन्नति गरी एकापसमा जोडिने छ । यस कार्यका लागि तत्काल रु ५४ करोड ८८ लाख विनियोजन भइसकेको नगरपालिका प्रमुख किरण सिंहले जानकारी दिनुभयो । 

दोस्रो चरणमा स्थानीय सेमरीदेखि निगालीकोट, सुखरामपुरदेखि लक्ष्मीनगर, दलदलाहदेखि गोटिहवा रोड, वभनीदेखि श्रीरामपुर रोड, लखडिया चौराहदेखि कपिववा गाउँ, तिलौराकोटदेखि रुधौली हुँदै जगदीशपुर तालसम्मको सडकको स्तरोन्नति गरिने छ । यस कार्यका लागि रु ७५ करोड ९१ लाख बजेट छुट्याइएको छ । 

चालू आर्थिक वर्षबाट कार्य प्रारम्भ गरिने नगरपालिकाले जनाएको छ । यी सडकलाई व्यवस्थित बनाएपछि ती बौद्ध सम्पदास्थललाई एक अर्कामा सञ्जाल विस्तार गर्न सकिने त्यसले बुद्धका जीवनमा भावनात्मक रुपले जोडिएका स्थल क्रमशः तिलौराकोट, कुदान, गोटिहवा, निगालिकोटलाई बुद्ध पथका रुपमा विकास गर्न सकिने नगरप्रमुख सिंहले बताउनुभयो । 

विभिन्न बौद्ध सम्पदास्थल भएर पनि ओझेलमा परेको उक्त क्षेत्रमा सो पथ निर्माण भएमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्ने र अर्थतन्त्रमा योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली