२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नक्कली भिसामा श्रम स्वीकृति दिएपछि…

२०७४, ८ फाल्गुन मंगलवार ०३:१२

फागुन ८, काठमाडौं । वैदेशिक रोजगार विभागले ११ महिलालाई कुवेतका लागि नक्कली प्रवेशाज्ञा (भिसा)मा श्रम स्वीकृति दिएको खुलासा भएको छ।

विभागको ताहाचलस्थित काठमाडौं कार्यालयका कर्मचारीले बानेश्वरको गुड सर्भिस इन्टरनेसनल प्रालिका सञ्चालकसँगको मिलेमतोमा नक्कली भिसामा ११ महिलालाई संस्थागत श्रम स्वीकृति दिलाएका हुन्। यो खबर आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ ।

त्यही स्वीकृतिलाई विमानस्थलको श्रम डेस्कले छाप लगाइदिएको थियो। विमानस्थल अध्यागमन कार्यालयले कुवेत हिँडेका १० जनालाई फागुन १ गते र दुई दिनपछि सोही म्यानपावरबाट गएकी अर्की एक महिलालाई फिर्ता गरेपछि घटना बाहिर आएको हो।

गुड सर्भिस इन्टरनेसनलका सञ्चालकसँग प्रतिक्रिया माग्न खोज्दा उनीहरू सम्पर्कमा आउन चाहेनन्। तर त्यहीँ कार्यरत एक कर्मचारीले भने आफूहरूले संस्थागत श्रम स्वीकृति लिन मात्र ती महिलालाई सहयोग गरिदिएको टेलिफोनमा बताइन्। वैदेशिक रोजगार विभागले सिलाइका लागि ल्याएको नक्कली भिसामा श्रम स्वीकृति दिएको हो।

सरकारले महिलालाई घरेलु कामदारका रूपमा खाडी मुलक जान प्रतिबन्ध लगाएपछि मानव तस्करको गिरोहले विभिन्न विकल्प अपनाउँदै आएका छन्। यसपटक पनि ११ जना महिलालाई संस्थागत स्वीकृति दिने क्रममा विभागका कर्मचारी मानव तस्करको भर्‍याङ बनेका छन्। 

कुवेत हिँडेका ११ महिलालाई विमानस्थल अध्यागमनले नक्कली भिसामा स्वीकृति लिएको र उनीहरूको साथबाट घरेलु कामदारको समेत अर्को भिसा पाइएको भन्दै फिर्ता गरेको हो।

विमानस्थल अध्यागमन कार्यालयका प्रमुख होमनाथ थपलियाले ती महिलाहरूको कागजपत्र र कुवेत जानुको उद्देश्य शंकास्पद देखिएकाले फिर्ता पठाइएको बताए। ‘थप अनुसन्धानका लागि अध्यागमन विभागमा पठाएको छौं’, उनले भने।

अध्यागमन विभागले ती महिलाले लिएको श्रम स्वीकृतिलगायत कागजपत्रको छानबिन गरिरहेको छ। अध्यागमन कार्यालयले त्यसरी फिर्ता गरेकामा मोरङकी पवित्र विक, कपिलवस्तुकी शान्ता सुनुवार, सिन्धुलीकी विष्णुमाया लामा र जानुकीकुमारी स्याङतान, चितवनकी कुमारी स्याङतान, रोल्पाकी हस्त माली पुन, मकवानपुरकी फूलमाया बुलान र हरिमाया मोक्तान, रसुवाकी टीकामाया तामाङ र उदयपुरकी नानु विक छन्।

विमानस्थल अध्यागमन कार्यालयले कुवेत हिँडेका ११ महिलालाई फिर्ता गरेपछि घटना बाहिर आएको हो।

वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयका प्रमुख प्रेम देसारले युवतीलाई फर्काइएको बारे आधिकारिक जानकारी नआएको बताए। ‘कोही बेला अनलाइनमा भिसा नदेखिने प्राविधिक समस्या हुने गरेको छ। 

आधिकारिक जानकारी आएपछि मात्र केही भन्न सक्छौं’, उनले भने। विभागले अनलाइनमा भिसा देखिएपछि मात्र स्वीकृति दिनुपर्छ। अनलाइनबाट भिसा प्रमाणीकरण नगरी स्वीकृति दिनु गैरकानुनी मानिन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त