२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

मुख्य मन्त्री पोख्रेलद्वारा कपिलवस्तुका विभिन्न पर्यटकीयस्थलको अवलोकन

२०७४, ८ फाल्गुन मंगलवार ११:२९

फागुन ८, कपिलवस्तु | प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोख्रेलले आज यहाँका विभिन्न पर्यटकीयस्थल अवलोकन गर्नुभएको छ । 

ऐतिहासिक तिलौराकोट दरबार, निगलीहवा, निगालीकोट, राजापानी, जगदीशपुर ताललगायतका ठाउँ अवलोकन गर्नुभएका उहाँले यस जिल्लाको गुरुयोजना बनाएर संवृद्धितर्फ लैजान आफू प्रतिबद्ध भएको धारणा राख्नुभयो । 

कपिलवस्तु संस्कृतिक हिसाबले धनी र पुरातात्विक हिसाबले पनि यो उत्तिकै महत्वपूर्ण छ । नेपालमा भएका जिल्लामध्ये सबैभन्दा बढी पुरातात्विकस्थल यही भएकाले पनि यहाँको दिगो विकासमा लाग्नुपर्ने मुख्यमन्त्री पोख्रेलको भनाइ थियो । 

उहाँले भन्नुभयो, “मुलुकको ठूलो पर्यटकीयस्थलका रुपमा विकास गर्न सकिने सम्भावना भएको यस क्षेत्रलाई संरक्षण र उचित व्यवस्थापन गरी देशको अर्थतन्त्रमा योगदान पु¥याउन सकिन्छ ।” 

पुरातत्व विभाग, बेलायतको दूरहाम विश्वविद्यालय र लुम्बिनी विकास कोष युनेस्को जापानीज फण्ड इन ट्रष्टको आर्थिक सहयोगमा करिब तीन वर्षदेखि उत्खनन गरिरहेको तिलौराकोट दरबार अवलोकन पछि मुख्यमन्त्री पोख्रेलले उत्खननमा हालसम्म भएको प्रगति र उपलब्धिका बारेमा समेत जानकारी लिनुभएको उत्खनन, अन्वेषण तथा अनुसन्धान कार्यक्रमका सहनिर्देशक रविन कनिङ्घाम र पुरातत्व विभागका पूर्व निर्देशक कोषप्रसाद आचार्यले जानकारी दिनुभयो । 

यसैगरी तिलौराकोट नजिकै रहेको कपिलवस्तु सङ्ग्रहालय कपिलवस्तु नगरपालिका–९ जगदीशपुरमा १५७ हेक्टर क्षेत्रफलमा रामसार सूचीमा सूचीकृत मानवनिर्मित नेपालकै सबैभन्दा ठूलो जगदीशपुर ताल पनि अवलोकन गरिएको थियो 

भ्रमण टोलीमा यस जिल्लाका प्रतिनिधिसभा तथा प्रदेश सांसदहरुको पनि सहभागिता रहेको थियो । हाल पश्चिम क्षेत्रको प्रदेश नं ५ मा पर्ने कपिलवस्तु जिल्लाको क्षेत्रफल ६७१ किमी छ । 

रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते