2026-07-25 12:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोट: विद्यालयलाई राउण्ड टेवल हस्तान्तरण

फागुन ११, कालीकोट । सहयोगी हातहरुको समूह (सहास) नेपालले विद्यालयमा राउण्ड टेवल वितरण गरेको छ ।  सिफल्स परियोजनाको आर्थिक सहयोगमा विद्यालयमा अध्ययनरत बालबालिकालाई बालमैत्री सिकाईमा सहयोग पुर्याउन टेवल वितरण गरिएको बताइएको छ ।

बालबालिकालाई विद्यालयका कक्षाकोठा व्यवस्थापनको साथै बालमैत्री तरिकाले सिकाईमा सहजता ल्याउन तथा बालबालिकाकाको विद्यालयमा टिकाउ दरमा बढाउँदै सिकाई उपलब्धीमा बृद्धि ल्याउन र कक्षा कोठामा बालमैत्री सिकाई वातावरण सिर्जना गर्ने उद्देश्यले शान्नित्रिवेणीका अम्किादेवी आधारभूत विद्यालयलुसा, खापरमष्टा आधारभूत विद्यालय साँकेज्यूला, ज्ञानज्योती आधारभूत विद्यालय, बालीपाटा र रास्कोट नगरपालिकाकाको कालिकादेवी आधारभूत विद्यालयलाई पाँचपाँच थानका दरले राउण्ड टेवल वितरण गरिएको हो ।

सहास नेपालले शुक्रबार एक कार्यक्रमकाबीच शान्नित्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीलाई उक्त सामान हस्तान्तरण गरेको छ । उक्त सामान ग्रहण गर्दै गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले आधारभुत कक्षामा अध्ययन गर्ने बालबालिकाहरुका लागि भौतिक सामानहरु जरुरी भएको भन्दै सहयोगका लागि सहास नेपाललाई धन्यवाद दिए । आफ्नो अधिकारकालागि भन्न र बोल्न नसक्ने बालबालिका आधारभूत तहमा भएकाले उनीहरुले बालमैत्री तरिकाले सिकाई पाउनु पर्ने भन्दै उनले गाउँपालिकाले पनि बालमैत्री पढाइका लागि योजना बनाइरहेको बताए ।

टेवल हस्तान्तरण कार्यक्रममा अम्बिकादेवी आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद जैसी,  सहास नेपालका परियोजना अधिकृत नमराज संज्याल, जेन्डर अफिसर मिना शाक्य गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाही,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद जैसीलगाएको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक