५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस संसदीय दलमा देउवा र सिंह भिड्ने

१२ फाल्गुन २०७४, शनिबार ०१:५१

फागुन १२, काठमाडौं । कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा प्रतिस्पर्धामा उत्रने भएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई अघि सार्ने तयारी गरेको छ । 

यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। महामन्त्री शशांक कोइरालाले सर्वसम्मत भए मात्रै आफू दलको नेता बन्ने तर चुनावी प्रतिस्पर्धामा नजाने बताएपछि सिंहलाई अघि सार्ने तयारी भएको पौडल निकट एक केन्द्रीय सदस्यले बताए।

प्रत्यक्षतर्फ २३ र समानुपातिक ४० गरी कांग्रेसका ६३ सांसद छन्। आफ्नो पक्षमा सुविधाजनक बहुमत देखेपछि देउवा दलको नेता बन्न आफैं अग्रसर भएका हुन्। ‘६३ मा ३९ जनाले आफूलाई मत हाल्छन् भन्नेमा देउवा ढुक्क हुनुहुन्छ,’ देउवा निकट एक नेताले भने, ‘उहाँले छाड्ने सम्भावना छैन। आफ्ना लागि मत माग्ने काम थालिसक्नु भएको छ।’

पौडेल पक्षले देउवा पक्षमा असन्तुष्टि बढेको र त्यसको फाइदा उठाउन सकिने आस गरेको छ। पौडेल पक्षले ६३ मा २९ सदस्य आफ्नो पक्षमा रहेको बताउँदै आएको छ। 

केन्द्रीय सदस्य चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, प्रदिप पौडेललगायतका युवा नेताले भने पार्टी पराजय भएको ०५१ र ०६३ मा गिरिजाप्रसाद कोइरालाले समेत आफू अघि नसरी दोस्रो तहका नेताहरूलाई दलको नेता बनाएको उदाहरण दिँदै देउवाबाट पनि त्यही अपेक्षा राखेको बताउँदै आएका छन्। तर देउवाले निटस्थ नेताहरूसँग दलको नेतामा आफैं प्रतिस्पर्धा गर्ने बताइसकेका छन्।

कांग्रेसले दलको नेता र कार्यसमितिको निर्वाचनका लागि प्रक्रिया अघि बढाउन शनिबार संसदीय दलको बैठक बोलाएको छ। सिंहदरबारस्थित दलको कार्यालयमा राखिएको बैठकमा संसदीय दलको विधान र निर्वाचनको तालिकाबारे छलफल हुनेछ। दलले तयार गरेको विधानलाई अनुमोदन गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक १३ गते बोलाइएको छ। 

संघीय संसदको बैठकअघि नै कांग्रेसले दलको नेता चयन गरिसक्ने प्रवक्ता विश्वप्रकाश शर्माले बताए। उनका अनुसार यसै साता दलको नेताको चुनाव हुने सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने