2026-09-21 09:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्रीहरू छान्नै गाह्रो: एमालेमा आकांक्षी धेरै, माओवादीमा हानथाप

फागुन १२, काठमाडौं । मन्त्रिपरिषद्ले मन्त्रालयको संख्या निर्धारण गरे पनि सत्तारूढ दल एमाले र माओवादी केन्द्रलाई मन्त्री छान्ने हम्मे परेको खबर कान्तिपुरको पहिलो पृष्ठमा छापिएको छ ।

आकांक्षीको व्यवस्थापन गर्न समस्या परेपछि नाम तय हुन सकेको छैन । यसले गर्दा सरकार बनेको एक साता बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । दुवै पार्टीले मन्त्री छान्न अध्यक्षसहितका शीर्ष नेतालाई जिम्मा दिएका छन् ।

एमालेको शुक्रबार स्थायी समिति बैठकले वरिष्ठ नेताहरूका परामर्शमा प्रधानमन्त्री ओलीलाई नै नाम टुंग्याउने जिम्मेवारी दिएको छ । 

‘मन्त्री छनोट गर्दा समावेशी, कार्यक्षमता लगायतका विषय हेरेर नेताहरूको परामर्शमा प्रधानमन्त्रीलाई नाम टुंगो लगाउने जिम्मेवारी दिइएको छ,’ एमाले सचिव योगेश भट्टराईले भने । उनका अनुसार अब प्रधानमन्त्रीले नै मन्त्री छनोट गर्नेछन् । 

एमालेको तर्फबाट यसअघि लालबाबु पण्डित र थममाया थापा मन्त्री बनिसकेका छन् । माओवादीसँगको भागबन्डामा एमालेले १० वटा मन्त्रालय पाउने समझदारी भएकाले अब एमालेबाट ८ जना मन्त्री हुनेछन् । आठ जनाका लागि आकांक्षीको संख्याभने ठूलो छ ।

माओवादीले पनि आफ्नो पार्टीबाट मन्त्री बन्नेहरू छान्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल, नेताहरू नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई दिएको छ । उनीहरूलाई समावेशी, जातीय र क्षेत्रीय सन्तुलन मिलाउने गरी व्यक्ति चयन गर्न जिम्मेवारी दिइएको छ । 

माओवादीका भागमा सातवटा मन्त्रालय परेको छ । तत्कालका लागि पार्टी एकता नभएकाले थापा नेतृत्वमा सरकारमा मन्त्रीहरू पठाउने माओवादीले करिब टुंगो लगाएको छ । 

यद्यपि कुन–कुन मन्त्रालय रहने भन्ने शुक्रबार मात्र मन्त्रिपरिषद्ले टुंग्याएकाले शनिबारसम्ममा दुई दलबीच कुराकानी भएपछि मन्त्रालय र व्यक्तिको अन्तिम छनोट हुनेछ ।

माओवादीले गृह मन्त्रालय पाउने करिब निश्चित छ । त्यसैले त्यो मन्त्रालयमा को जाने भन्नेमा मुख्य नेताहरूबीच हानथाप छ । माओवादीले मन्त्री बनाउनेको रोस्टर करिब तयार गरेको छ । 

रोस्टरमा परेका व्यक्तिहरूमध्येबाट अब अध्यक्षले अन्तिम नाम छनोट गर्नेछन् । प्रत्येक प्रदेशबाट कम्तीमा एकजना पर्ने गरी छान्ने तयारी भएको माओवादी नेताहरूले बताएका छन् । 

माओवादीको रोस्टरमा रामबहादुर थापा, वर्षमान पुन, शक्ति बस्नेत, गिरिराजमणि पोखरेल, पम्फा भुसाल, बिना मगर, मातृका यादव, सुदन किराती, अमलनलाल मोदी, देवेन्द्र पौडेललगायतको नाम छ । यीमध्येबाटै नेताहरूले छलफल गरेर मन्त्री बन्नेको नाम तय गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो