2026-09-21 06:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुन्दरीको एउटा ट्वीटले एकैछिनमा एक खर्ब ७० अर्ब स्वाहा !

फागुन १२, काठमाडौँ । तपाईँले सामाजिक सञ्जाल र सेलिब्रेटीहरुको शक्तिबारे कति बुझ्नु भएको छ ? तपाईँले कहिले सुन्नु भएको छैन होला कुनै एक सेलिब्रेटीले गरेको एउटा ट्विटबाट कुनै कम्पनीको अर्बौँ डलर डुबेको समाचार।

तर यस्तै एउटा आश्चर्यजनक घटना अमेरिकामा भएको छ। एउटा टेलिभिजनको रियलिटी स्टार काइली जेनरले केबल एक ट्वीट गर्दा चर्चित प्रविधि कम्पनी स्न्यापच्याटको मातृ कम्पनीले १.३ अर्ब डलर ९करिब एक खर्ब ७० अर्ब रुपैयाँ० गुमाउनुपरेको छ।

समाचार अनुसार काइली जेनरले बिहीबार एउटा ट्विट गरेकी थिइन्। जसमा उनले लेखेकी थिइन्, अब के मैले जस्तै अरु पनि स्न्याप च्याट प्रयोग गर्दैन कि केबल म मात्रै हुँ रु यो ट्विट उनका २।४५ करोड फलोअर्ससम्म पुगेपछि स्न्याप च्याटको दशा सुरु भयो। उनका फलोअरले पनि स्न्यापच्याट र यसको डिजाइनलाई लिएर आक्रोशपूर्ण ट्विट गर्न थाले।

यसको असर यति डरलाग्दो देखियो कि स्न्यापच्याटको मातृ कम्पनी स्न्याप इन्कको सेयर बिहीबार केही मिनेटमै ८ प्रतिशतसम्म घट्न पुग्यो। यसले स्न्याप इन्कका लगानीकर्तालाई ठुलो झट्का दियो, उनीहरुले सेयर बजारबाट अर्बौ रुपैयाँ केही बेरमै गुमाए। यसका कारण केबल केही मिनेटमै कम्पनीले १.३ अर्ब डलर (करिब एक खर्ब ७० अर्ब रुपैयाँ) को नोक्सानी भोग्नु पर्‍यो।

विश्वचर्चित स्न्यापच्याटको नयाँ डिजाइनलाई उसका प्रयोगकर्ताले मन पराइरहेका थिएनन्। यसको विरुद्ध १० लाख भन्दा धेरै मानिसले पीडित भएको भन्दै हस्ताक्षर नै संकलन गरेका थिए। यसमा उनीहरुले स्न्यापच्याटलाई नयाँ डिजाइन तत्काल फिर्ता लिन अपिल गरेका थिए।

पहिलो ट्विटले झण्डै धरासायी भएको स्न्यापच्याटलाई राहत दिँदै केही सेकेन्डमै काइली जेनरले अर्को ट्विट पनि गरिन्। तर पहिलो ट्विटले नै स्न्याप च्याटका लगानीकर्ताको ढाड खुस्काइसकेको थियो। उनले दोस्रो ट्विटमा लेखिन्,अझै पनि तिमीसँग माया बसेको छ स्न्याप, मेरो पहिलो माया।

काइली जेनरको पहिलो ट्विटपछि ८ प्रतिशतसम्म ओरालो लागेको स्न्यापच्याटको सेयर मूल्य दोस्रो ट्विटपछि केही सम्हालियो। दोस्रो ट्विटपछि वाल स्ट्रीटमा कम्पनीको सेयर ६ प्रतिशत ओरालो लागेर बन्द भयो। स्न्यापच्याटलाई पछिल्लो समय लगातार फेसबुकको इन्स्टाग्रामबाट कडा प्रतिस्पर्धा मिलिरहेको छ।

यस्तोमा स्न्यापच्याटलाई अझै उत्कृष्ट बनाउन कम्पनी जुटेको छ। तर स्न्यापच्याटको नयाँ भर्सन उसका लागि आत्घातीसरह भएको छ। किनकी काइली जस्तै लाखौँ प्रयोगकर्तालाई स्न्यापच्याटको नयाँ डिजाइन पटक्कै मन परेको छैन। अन्नपूर्ण पोस्टबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो