५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टुंगियो सत्ता भागवण्डा ! एमाले-माओवादी- कसलाई के-के ?

१३ फाल्गुन २०७४, आईतवार ०२:४६

फागुन १३, काठमाडौं | एमाले–माओवादी केन्द्रले पार्टी एकताको सहमतिसँगै सत्ता भागबण्डा टुंगो लगाएका छन् । दुवै पार्टीले राष्ट्रपतिदेखि सभामुखसम्म पदीय भागबण्डा आपसी समझदारीमा टुंग्याएका हुन् । यो खबर रामकृष्ण अधिकारीले आजको अन्नपूर्णमा लेखेका छन्।

‘दुई पार्टीबीच राष्ट्रपतिदेखि सभामुखसम्मको भागबण्डा भइसकेको छ’, माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले भने, ‘राष्ट्रपति एमालेलाई दिने र सभामुख माओवादीले लिने समझदारी भएको छ।’

एमालेले राष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाको अध्यक्ष र १० वटा मन्त्रालय तथा माओवादीले उपराष्ट्रपति, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाको उपाध्यक्ष र सात वटा मन्त्रालय लिने सहमति भएको छ।

यो सहमति एमाले–माओवादीका दुई अध्यक्षदेखि वाम एकता संयोजन समितिमा जुटेका नेताहरूको भनाइ छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ।

दुई दलबीच भएका सहमतिमा कांग्रेस सभापनि शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभामा मनोनयनका लागि पठाएका तीन जनाको सिफारिस फिर्ता लिँदै एमालेका दुई र माओवादी केन्द्रका एक जना सिफारिस गर्नेसम्म थिए ।

सोही समझदारीका आधारमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रियसभामा मनोनयन गरेपछि देउवा सरकारद्वारा मनोनति तीन जना अदालत गुहार्न पुगका छन् ।

एमाले र माओवादीबीच ओली सरकारलाई दुई तिहाइ सांसद्को समर्थनयुक्त बनाउन पनि प्रयास भइरहेको छ। यसका लागि संघीय फोरमलाई सरकारमा ल्याउन पदीय बाँडफाँडमा सहमतिमा ल्याउने प्रयास जारी छ।

फोरमलाई प्रतिनिधिसभाको उपसभामुख र बढीमा दुईवटा मन्त्रालय दिएर सरकारमा ल्याउने विषयमा दुई दलले छलफल गरिहेका छन् ।

एमालेलाई के-के ?  

– राष्ट्रपति

– प्रधानमन्त्री

– राष्ट्रियसभा अध्यक्ष

– प्रधानमन्त्रीसहित ११ वटा मन्त्रालय

– राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रियसभा सदस्यमध्ये २ जना

माओवादीलाई के-के ? 

– उपराष्ट्रपति

– प्रतिनिधिसभा सभामुख

– राष्ट्रियसभा उपाध्यक्ष

– ७ वटा मन्त्रालय

– राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रियसभा सदस्यमध्ये १ जना

संघीय समाजवादी फोरम (सरकारमा सहभागी भए मात्र) के-के पाउने ? 

– प्रतिनिधिसभा उपाध्यक्ष

– २ वटासम्म मन्त्रालय

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने