2026-09-21 09:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टुंगियो सत्ता भागवण्डा ! एमाले-माओवादी- कसलाई के-के ?

फागुन १३, काठमाडौं | एमाले–माओवादी केन्द्रले पार्टी एकताको सहमतिसँगै सत्ता भागबण्डा टुंगो लगाएका छन् । दुवै पार्टीले राष्ट्रपतिदेखि सभामुखसम्म पदीय भागबण्डा आपसी समझदारीमा टुंग्याएका हुन् । यो खबर रामकृष्ण अधिकारीले आजको अन्नपूर्णमा लेखेका छन्।

‘दुई पार्टीबीच राष्ट्रपतिदेखि सभामुखसम्मको भागबण्डा भइसकेको छ’, माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले भने, ‘राष्ट्रपति एमालेलाई दिने र सभामुख माओवादीले लिने समझदारी भएको छ।’

एमालेले राष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाको अध्यक्ष र १० वटा मन्त्रालय तथा माओवादीले उपराष्ट्रपति, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाको उपाध्यक्ष र सात वटा मन्त्रालय लिने सहमति भएको छ।

यो सहमति एमाले–माओवादीका दुई अध्यक्षदेखि वाम एकता संयोजन समितिमा जुटेका नेताहरूको भनाइ छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ।

दुई दलबीच भएका सहमतिमा कांग्रेस सभापनि शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभामा मनोनयनका लागि पठाएका तीन जनाको सिफारिस फिर्ता लिँदै एमालेका दुई र माओवादी केन्द्रका एक जना सिफारिस गर्नेसम्म थिए ।

सोही समझदारीका आधारमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रियसभामा मनोनयन गरेपछि देउवा सरकारद्वारा मनोनति तीन जना अदालत गुहार्न पुगका छन् ।

एमाले र माओवादीबीच ओली सरकारलाई दुई तिहाइ सांसद्को समर्थनयुक्त बनाउन पनि प्रयास भइरहेको छ। यसका लागि संघीय फोरमलाई सरकारमा ल्याउन पदीय बाँडफाँडमा सहमतिमा ल्याउने प्रयास जारी छ।

फोरमलाई प्रतिनिधिसभाको उपसभामुख र बढीमा दुईवटा मन्त्रालय दिएर सरकारमा ल्याउने विषयमा दुई दलले छलफल गरिहेका छन् ।

एमालेलाई के-के ?  

– राष्ट्रपति

– प्रधानमन्त्री

– राष्ट्रियसभा अध्यक्ष

– प्रधानमन्त्रीसहित ११ वटा मन्त्रालय

– राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रियसभा सदस्यमध्ये २ जना

माओवादीलाई के-के ? 

– उपराष्ट्रपति

– प्रतिनिधिसभा सभामुख

– राष्ट्रियसभा उपाध्यक्ष

– ७ वटा मन्त्रालय

– राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रियसभा सदस्यमध्ये १ जना

संघीय समाजवादी फोरम (सरकारमा सहभागी भए मात्र) के-के पाउने ? 

– प्रतिनिधिसभा उपाध्यक्ष

– २ वटासम्म मन्त्रालय

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो