2026-09-21 08:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘भेट्रान’ नेतालाई पाखा लगाउदै अर्थमन्त्री बने डा.खतिवडा

फागुन १५, काठमाडौं । सुशासन, स्थायित्व र विकासको नारासहित सरकारको नेतृत्व सम्हालेका प्रधानमन्त्री केपी ओलीले सोमबार आफ्ना चार ‘सारथि’ नियुक्त गरेका छन्। ओलीले एमालेका दुई र माओवादीका दुई नेतालाई मन्त्री नियुक्त गरी सरकार विस्तार गरेका हुन् , अन्नपूर्ण पोस्टमा खबर छ ।

ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँगको सहमतिमा रामबहादुर थापालाई गृह, डा. युवराज खतिवडालाई अर्थ, एमाले महासचिव ईश्वर पोखरेललाई रक्षा र माओवादी सचिवालय सदस्य मातृका यादवलाई उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बनाएका हुन्।

अर्थमा एमालेभित्रै पोखरेल, प्रदीप ज्ञवाली, विष्णु पौडेल र सुरेन्द्र पाण्डेसम्म आकांक्षी थिए। यी सबै ‘भेट्रान’ नेतालाई पाखा लगाउँदै डा.खतिवडाले अर्थमन्त्रीको जिम्मेवारी पाएका हुन्। 

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. खतिवडा राजनीतिमा भने परिचित अनुहार होइनन्। अर्थतन्त्र बुझेका डा. खतिवडा अर्थमन्त्री भएपछि अर्थतन्त्र सकारात्मक दिशामा जाने विश्वास लिइएको छ।

त्यस्तै, गृहमा माओवादी नेता पूर्वगृहमन्त्री जनार्दन शर्मा र नेता वर्षमान पुनसम्मले दाबी प्रस्तुत गरे पनि अन्ततः थापाले बाजी मारेका छन्। एमाले महासचिव पोखरेलले रक्षामा चित्त बुझाएका छन्। 

बाबुराम भट्टराईको सरकारमा उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालेका पोखरेल अहिले मन्त्रीमै चित्त बुझाउन बाध्य भएका हुन्। उपप्रधानमन्त्री भइसकेर पनि मन्त्रीमै सीमित हुने नेता भने उनी मात्रै होइनन्।

त्यस्तै, ०६५ सालमा भूमिसुधारमन्त्री हुँदा एलडीओलाई शौचालयमा थुनेर चर्चामा रहेका माओवादी नेता यादवले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाएका छन्। यादवले रोजेकै मन्त्रालयको जिम्मा दिएर माओवादीले उनलाई सरकारमा पठाएको छ।

अर्थ र गृहमा पठाउने मन्त्रीको नाममा पार्टीभित्रै चर्काे ‘प्रेसर’ मा ओली-दाहाल परेका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको थियो। अझै प्रधानमन्त्री ओलीले ११ जना मन्त्री नियुक्त गर्न बाँकी छ। 

प्रधानमन्त्रीले सोमबारै मन्त्रिपरिषद्लाई पूर्णता दिने गरी तयारी गरे पनि संघीय फोरमसमेतलाई सरकारमा ल्याउने प्रयासमा सफलता नमिलेपछि एमाले-माओवादीका दुई-दुई जना मन्त्रीलाई मात्र नियुक्त गरेका हुन्। 

थप मन्त्री चयन र संघीय समाजवादीसँगको छलफल निष्कर्षमा नपुगेका कारण सोमबार मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो