Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ फाल्गुण १७ गते, राति १:४५ बजे
काठमाडौँ - KTM

२ लाख ३१ हजार पासपोर्ट किन हराए ?

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन १७, काठमाडौ । सरकारले मेसिनले पढ्नसक्ने पासपोर्ट जारी गरेयता नेपालीले २ लाख ३१ हजार पासपोर्ट हराएका छन्। 

सरकारी तथ्यांकमा आएको यत्ती भएको तर वास्तविकतामा यो भन्दा बढी हुनसक्ने अधिकारीहरुकै अनुमान छ। यो खबर आजको नागरिक दैनिकमा सुरेन्द्र पौडेलले लेखेका छन्।

सन् २०११ यता पासपोर्ट हराएको भन्दै २ लाख ३१ हजार २७ जनाले पासपोर्ट लिएको र कसैले दुरुपायोग नगरुन् भनेर सरकारले इन्टरपोललाई जानकारी गराइसकेको राहदानी विभागका महानिर्देशक रामकाजी खड्काले जानकारी दिए।

सन् २०१८ को जनवरीसम्म सरकारले ५२ लाख ८ हजार २ सय १३ एमआरपी जारी गरिसकेको छ।