५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक खुट्टाको भरमा नाचेर चर्चा कमाएकी रमा पक्राउ, प्रहरीले नै ‘उम्कायो’ फरार अभियुक्त

१७ फाल्गुन २०७४, बिहीबार ०३:०२

फागुन १७, काठमाडौँ । गत शनिबार जमलस्थित राष्ट्रिय नाचघरभित्र सांस्कृतिक कार्यक्रम भइरहेको थियो । बाहिर घुमुवा टोलीका तीन प्रहरी कसैलाई पक्रने सुरसारमा कुरिरहेका थिए । 

कार्यक्रम सकिएपछि प्रहरी टोलीले एक खुट्टाको भरमा नाच देखाएर चर्चा बटुलेकी रोमा न्यौपानेलाई पक्राउ गर्‍यो । रोमालाई सुरुमा महानगरीय प्रहरी वृत्त, दरबारमार्ग पुर्‍याइयो । 

त्यहाँबाट महानगरीय प्रहरी वृत्त, लैनचौर लगियो । लैनचौर वृत्तले दरबारमार्ग वृत्तमै फिर्ता पठायो । सोही साँझ दरबारमार्ग वृत्तले रोमालाई छाडिदियो । 

आखिर कसैले भनेकै भरमा रोमालाई दिनभर कुरेर प्रहरीले किन पक्राउ गर्‍यो ? अनि उनलाई दिनभर यताउता डुलाएर साँझ त्यत्तिकै किन छाडियो ?

यस्तो थियो घटना

२०७२ साउन १९ मा कोहिनुर बस्नेत, ससैना रञ्जितकार र धनेश्वरी रञ्जितकारले रोमाविरुद्ध साढे ३६ लाख रुपैयाँ ठगी गरेको भन्दै मुद्दा दर्ता गरेका थिए । 

ठमेलमा भीएडी अर्थात ‘भोल्युन्टर एसोसिएसन अफ डिसेबलिटिज’ नामक संस्था खोलेर रोमा र उनका श्रीमान चिरञ्जीवी पोख्रेलले त्यसमा लगानी गर्न सार्वजनिक विज्ञापन गरेका थिए ।

लगानीको अवसर ठानेर कोहिनुरलगायतका तीनै जनाले रोमालाई पैसा दिएका थिए । रोमाले आफ्नो संस्थाबाट भीएडी नेपाल लघुवित्त कार्यक्रम नामको सहकारीजस्तै संस्था पनि चलाएकी थिइन् । 

तर उक्त संस्था कहीँकतै दर्ता थिएन, तर त्यसले सहकारीको बचतकर्ताकै शैलीमा बचत पुस्तिका वितरण गरेको थियो ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले घटनामाथि अनुसन्धान गरेपछि सरकारी वकिल कार्यालयले २०७२ साउन १५ मा रोमा दम्पतीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । 

ठगीमाथि अनुसन्धानका क्रममा प्रहरीले २०७२ वैशाखमा ठमेलबाट रोमाका श्रीमान चिरञ्जीवीलाई पक्राउ गर्‍यो भने रोमा फरार नै रहिन् ।

अदालती प्रक्रियालाई समेत असहयोग गरेपछि रोमा फरार अभियुक्त भइन् । काठमाडौं जिल्ला अदालतले २०७३ पुस २६ मा चिरञ्जीवीलाई दोषी ठहर गर्दै दुई वर्ष कैद सजाय र साढे ३६ लाख बिगो जरिवानाको फैसला सुनायो ।

फरार घोषित गरिएपछि पनि रोमा विभिन्न सार्वजनिक समारोहमा देखा पर्दै आएकी थिइन् ।  गत साता पीडितमध्येकी एकले फरार रोमा सार्वजनिक कार्यक्रममा रहेको भन्दै प्रहरीको हटलाइन सेवा एक सय नम्बरमा फोन गरेर सूचना दिएकी थिइन् । सोही सूचनाकै भरमा प्रहरीले दिनभर नाचघरबाहिर पर्खेर कार्यक्रम सकिएपछि रोमालाई पक्राउ गरेको थियो ।

तर फरार अभियुक्तलाई समातेको प्रहरीले भने मुद्दाको गम्भीरता नै नबुझी सोही साँझ उनलाई छाडिदियो । 

काठमाडौं परिसरको मुद्दा शाखाका डिएसपी मोहन थापाले फरार अभियुक्तलाई पक्राउ गरेर छाडेकामा आश्चर्य व्यक्त गरे । उनले कान्तिपुरसँग भने, ‘मैले यताबाट पत्र पठाइसकेको थिएँ ।’

परिसरले सोही साँझ चलानी नम्बर ४५२५ को पत्रमार्फत् रोमाको नाममा पक्राउ पुर्जी जारी गरेको देखिन्छ । उक्त पुर्जीमा लेखिएको छ, ‘अन्दाजी ३७ वर्षकी रोमा न्यौपाने पोख्रेललाई पक्राउ गरी बृत्तबाटै काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइदिनुहुन अनुरोध गरिएको छ ।

काठमाडौं जिल्ला अदालतस्रोतका अनुसार न्यायाधीश कृष्ण कोइरालाको इजलासले गत पुस २६ गते उक्त ठगी मुद्दामाथि आंशिक दाबी पुग्ने भन्दै अन्तिम आदेश जारी गरिसकेको छ ।

रोमाले आफूलाई किर्ते कागज, छाप र चलानीका आधारमा फसाउन खोजिएको दाबी गरिन् । 

उनले शनिबार आफूलाई प्रहरीले बिनाकारण पक्राउ गरेको बताउँदै भनिन्, ‘म साक्षी बसेकै कारण मलाई फसाउन खोजियो । दु:ख दिने काम भयो ।’ रोमाले आफ्नाविरुद्ध अदालतमा मुद्दा रहेको आफूलाई थाहा नभएको र अदालतबाट कुनै त्यस्तो पत्र नआएको बताइन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल