2026-10-31 08:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

‘कर्णाली राजमार्गमा राती गाडि चलाउने छुट नदिऔं’

फागुन १९, कालिकोट । कर्णाली प्रदेशको संघीय मामिला तथा कानुन मन्त्रालयले सडक सुरक्षाका लागि तयार पारेको ४० बुँदे कार्यक्रमका बिषयमा जिल्ला प्रशासन कार्यालय कालिकोटमा आयोजित छलफल कार्यक्रममा जिल्लाका सरोकारवालाहरुले निकै जोखिमयुक्त कर्णाली राजमार्गमा स्तरोन्नती बिना राती सञ्चालन गर्न नहुने बताएका छन् । उनीहरुले राजमार्गको स्तरोन्नती नगरी राती पनि यातायात सञ्चालन गर्ने निर्णयले दुर्घटना बढाउने भन्दै चिन्ता जनाएका हुन् ।

जिल्ला समन्वय समिति कालिकोटका प्रमूख अनिपाल शाहीको अध्यक्षतामा भएको छलफल कार्यक्रममा रारा कर्णाली यातायात व्यवसायी समितिका अध्यक्ष हस्तबहादुर बमले साना गाडिहरु पनि राती १० बजेदेखी बिहान ५ बजेसम्म सडकको स्तरोन्नती नभएसम्म बन्द गरिनुपर्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष तुलाराम पाण्डेले कालोपत्रे भनिएको कर्णाली राजमार्ग अहिले ८० प्रतिशत भत्किएको भन्दै न्यूनतम दुई लाइन सडक नभएको, साँघुरो र निकै जोखिमयुक्त राजमार्ग भएकाले २४ सैं घण्टा सवारी साधन सञ्चालन गर्न नहुने बताए ।

कर्णाली राजमार्ग कर्णालीवासीहरुका लागि मृत्युमार्ग जस्तै बनेको छ । कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकखण्ड सञ्चालन भएदेखी हालसम्म साना ठूला गरी १ सय ५९ वटा सडक दुर्घटना भएका छन् । दुर्घटनामा यहाँका सयौ नागरिकहरुले ज्यान गुमाउनु परेको छ । राजमार्ग सुर्खेत–जुम्ला सडक खण्ड संचालन भएदेखी यात्रुबाहक बस, ट्याक्ट्र, मिनी टाटा, मिनी ट्रक, जीप गरी १ सय ५९ वटा दुर्घटनाहरु भएका हुन् । यि दुर्घटना मध्ये सबैभन्दा बढी ८५ वटा दुर्घटना कालिकोट खण्डमा मात्र भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय