Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा आगलागीबाट दुई वर्षीया बालिकाको मृत्यु

२०७४, २० फाल्गुन आईतवार ०७:०१

फागुन २०, कपिलवस्तु | यहाँको विजयनगर गाउँपालिका–७ मानपुर डाँडाको एक घरमा शनिबार आगलागी हुँदा बालिकाको मृत्यु भएको छ । 

अबहोरी यादवको फुसको घरमा बालेको आगो ननिभाउँदा हावाहुरीले आगो सल्किदा  यादवकी दुई वर्षीया नातिनी राजकुमारी यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले जानकारी दिनुभयो । 

बालिकालाई घरभित्र सुताएर बाहिर काममा निस्केका परिवारले घरमा आगो लागेको थाहा पाए पनि आगो नियन्त्रणमा आउन नसकेपछि बालिकालाई बचाउन सकेनन् । आगलागीबाट घरमा रहेका सात बाख्रा पनि जलेर मरेका छन् भने ३० हजार नगदसहित तीन लाख बराबरको खाद्यान्न तथा लत्ताकपडा जलेर नष्ट भएको प्रहरीले बताएको छ । गाउँपालिका भए पनि दमकल नहुँदा आगो नियन्त्रणमा लिन हम्मेहम्मे परेको थियो । स्थानीय समुदाय र प्रहरीको सक्रियातामा आगलागी नियन्त्रणमा आएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ