Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
काठमाडौँ - KTM

माओवादी नेता महरालाई मौकैमौका !

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन २६, काठमाडौँ | माओवादी शान्ति प्रक्रियामा आएपछिका १० मध्ये ५ सरकारमा सहमागी महरलो ३ पटक उपप्रधानमन्त्रीसहित शक्तिशाली मानिने गृह, अर्थ, परराष्ट्र र सञ्चार मान्त्रालयको जिम्मेवारी फेरि फेरि सम्हालिसकेका छन् । 

भुमिगत राजनीति छोडेर २०६३  मा माओवादी शान्ति प्रक्रियामा सामेल भएपछि पछिल्लो चुनाव सकिँदासम्म १० वटा सरकार बने । 

तीमध्ये ७ वटा सरकारमा माओवादी प्रत्यक्ष संलग्न भयो, जसको अधिकतम लाभ पाउने ब्यक्ति हुन् कृष्णबहादुर महरा । 

माओवादी संलग्न सातमध्ये पाँचवटा सरकारमा महरा मन्त्रालय फेरि फेरि मन्त्री बने । 

तीनपटक उपप्रधानमन्त्रीसहित उनी शक्तिशाली मानिने गृह, अर्थ, परराष्ट्र र सञ्चारमन्त्री बने । 

१० बर्ष अवधिमा अधिकतम लाभको पदमा पुग्ने माओवादी नेताको सुचीको नम्बर १ मै पर्ने महरालाई अहिले झन् आकर्षक पद प्राप्त भएको छ, पाँचवर्षे कार्याकालसहितको सभामुख । – आजको कान्तिपुर दैनिकमा यो खबर छ ।