Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

नेपाली भूमिमा असोजदेखि रेल, ८० प्रतिशत काम सकियो

By साझासवाल

फागुन २७, काठमाडौं | नेपाली भूमिमा असोजदेखि पुनः रेल कुद्ने भएको छ।

चार वर्षअघिसम्म सञ्चालनमा रहेको जयनगर–जनकपुर रेल बन्द भए पनि भारत सरकारले नै पुनः नेपाली भूमिमा रेल कुदाउने भएको छ।

न्यारोगेजमा सञ्चालन हुने पुरानो रेलमार्गको ५२ किकिलाई सुधार गरेर अहिले तत्काललाई ३५ किमिमा ब्रोडग्रेजको रेल सञ्चालन गर्ने गरी काम भइरहेको छ।

यसलाई ७० किमिको दुरीमा सञ्चालन गर्ने गरी काम अघि बढाइएको रेल विभागले जानकारी दिएको छ।

भारत सरकाको सहयोगमा निर्माणाधिन जनकपुर-जयनगर–बर्दिबास खण्डको बिजलापुरसम्मको ५२ किमीखण्डको पुरानो रेल लिकलाई सुधार गर्ने काम हाल ८० प्रतिशत सकिएको छ।

यस खण्डमा आगमी असोजसम्ममा रेलमार्ग निर्माण सकिने र भारतले नै रेल कुदाउने रेल विभागका प्रक्ता प्रकाशभक्त उपाध्यायले जानकारी दिए।

- यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ।