Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालीकोटका विद्यार्थीहरुले यो बर्ष पनि पाठ्यपुस्तक नपाउने भए

२०७४, २७ फाल्गुन आईतवार १६:४९

फागुन २७, कालिकोट । शैक्षिक सत्रको सुरुवातमा कालीकोटका विद्यार्थीहरुले यो बर्ष पनि पाठ्यपुस्तक नपाउने भएका छन् । जिल्लाका अधिकांश स्थानीय तहहरुले समयमै पाठ्यपुस्तक खरिदका लागि बजेट निकासा नगरे पछि विद्यार्थीका हातमा  समयमै पाठ्यपुस्तक पुर्याउने नसकिने भएको हो ।

जिल्लाको सदरमुकाम समेत रहेको खाँडाचक्र नगरपालिकाले हालसम्म कुनै पनि विद्यालयमा पाठ्यपुस्तक खरिदका लागि निकासा नदिएको श्रोत व्यक्ति ठाकुर ज्ञवालीले बताए । ‘फागुनको पहिलो साताभित्र विद्यालयको खातामा पाठ्यपुस्तकको बजेट निकासा भएपछि नयाँ शैक्षिक सत्र सुरुवातीमा विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउन सकिन्छ’ उनले भने, ‘हालसम्म पनि नगरपालिकाले पाठ्यपुस्तक र शिक्षकहरुको तेस्रो चौमासिकको तलव समेत निकासा गरेको छैन ।’

विद्यालय श्रोत व्यक्ति ज्ञवालीका अनुसार जिल्लाका अन्य स्थानीय तहका विद्यालयमा कार्यरत शिक्षकहरुले यही फागुन पहिलो साता तलव खाईसके तर खाँडाचक्र नगरपालिकाको हालसम्म कुनै पनि विद्यालयका शिक्षकहरुको तलव निकासा गरेको छैन् । खाँडाचक्र नगर प्रमूख जसीप्रसाद पाण्डेले दुई हप्तादेखी लेखापाल बिदामा बसेपछि नगरपालिकाका कामहरु प्रभावित भएको बताए ।

उनले नगरपालिकामा लेखापाल आएपछि पाठ्यपुस्तक, शिक्षकहरुको तलव निकासा गरिने बताए । यस्तै जिल्लाको कालिका गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईले आफुहरुले सिधै पुस्तक सप्लायर्सहरुलाई पाठ्यपुस्तक खरिदका लागि पहल गरिसकेको बताए । ‘विद्यालयको खातामा रकम निकासा नगरी आवश्यक पर्ने पुस्तकको विवरण अनुसार पुस्तक सप्लायर्सलाई खबर गरेका छौ’ उनले भने, ‘किताब आएपछि उनीहरुकै खातामा रकम भुक्तानी गरिनेछ ।’

उनले आफुहरुले चैत मसान्तसम्म सबै विद्यालयमा आवश्यक पाठ्पुस्तक पुर्याउने लक्ष्य रहेको बताए । जिल्लाका अन्य स्थानीय तहले पनि पाठ्यपुस्तक खरिदका लागि ढिलासुस्ती गरेको विद्यालयको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित