2026-10-31 07:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालीकोटका विद्यार्थीहरुले यो बर्ष पनि पाठ्यपुस्तक नपाउने भए

फागुन २७, कालिकोट । शैक्षिक सत्रको सुरुवातमा कालीकोटका विद्यार्थीहरुले यो बर्ष पनि पाठ्यपुस्तक नपाउने भएका छन् । जिल्लाका अधिकांश स्थानीय तहहरुले समयमै पाठ्यपुस्तक खरिदका लागि बजेट निकासा नगरे पछि विद्यार्थीका हातमा  समयमै पाठ्यपुस्तक पुर्याउने नसकिने भएको हो ।

जिल्लाको सदरमुकाम समेत रहेको खाँडाचक्र नगरपालिकाले हालसम्म कुनै पनि विद्यालयमा पाठ्यपुस्तक खरिदका लागि निकासा नदिएको श्रोत व्यक्ति ठाकुर ज्ञवालीले बताए । ‘फागुनको पहिलो साताभित्र विद्यालयको खातामा पाठ्यपुस्तकको बजेट निकासा भएपछि नयाँ शैक्षिक सत्र सुरुवातीमा विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउन सकिन्छ’ उनले भने, ‘हालसम्म पनि नगरपालिकाले पाठ्यपुस्तक र शिक्षकहरुको तेस्रो चौमासिकको तलव समेत निकासा गरेको छैन ।’

विद्यालय श्रोत व्यक्ति ज्ञवालीका अनुसार जिल्लाका अन्य स्थानीय तहका विद्यालयमा कार्यरत शिक्षकहरुले यही फागुन पहिलो साता तलव खाईसके तर खाँडाचक्र नगरपालिकाको हालसम्म कुनै पनि विद्यालयका शिक्षकहरुको तलव निकासा गरेको छैन् । खाँडाचक्र नगर प्रमूख जसीप्रसाद पाण्डेले दुई हप्तादेखी लेखापाल बिदामा बसेपछि नगरपालिकाका कामहरु प्रभावित भएको बताए ।

उनले नगरपालिकामा लेखापाल आएपछि पाठ्यपुस्तक, शिक्षकहरुको तलव निकासा गरिने बताए । यस्तै जिल्लाको कालिका गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईले आफुहरुले सिधै पुस्तक सप्लायर्सहरुलाई पाठ्यपुस्तक खरिदका लागि पहल गरिसकेको बताए । ‘विद्यालयको खातामा रकम निकासा नगरी आवश्यक पर्ने पुस्तकको विवरण अनुसार पुस्तक सप्लायर्सलाई खबर गरेका छौ’ उनले भने, ‘किताब आएपछि उनीहरुकै खातामा रकम भुक्तानी गरिनेछ ।’

उनले आफुहरुले चैत मसान्तसम्म सबै विद्यालयमा आवश्यक पाठ्पुस्तक पुर्याउने लक्ष्य रहेको बताए । जिल्लाका अन्य स्थानीय तहले पनि पाठ्यपुस्तक खरिदका लागि ढिलासुस्ती गरेको विद्यालयको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय