2026-09-21 07:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘आफ्नी पार्वती’ बनाउन नपाएपछि बर्बर यातना’

फागुन २८, देवकलिया (कैलाली) | साइकलमा गाउँगाउँ डुलेर दुई महिनाअघिसम्म पाउरोटी बेच्ने रामबहादुर चौधरी एकाएक ‘भोलेबाबा’ भएपछि सुरुमा गाउँलेले पत्याएनन् । चौधरीले आफूलाई भोलेबाबा घोषणा गरेको एक साता नबित्दै छिमेकी गाउँ सुखड घुर्साकी स्मारिका चौधरी उनको घरमा आइपुगिन् ।

आफू बडीकेदार (डोटीमा रहेको तीर्थस्थल) बाट फर्केको र भोलेबाबाकी पार्वती भएको दाबी गर्दै उनकै घरमा सँगै बस्न थालेपछि उनले एकाएक चर्चा पाए । यो चर्चासँगै सुरु भयो रामबहादुर चौधरी भोलेबाबाको ठगी धन्दा ।

राधा चौधरीलाई बोक्सी आरोपमा कुटपिट गर्नुअघि भोलेबाबाले अन्य पाँच महिलालाई भूत–प्रेत भगाउने निहुँमा यातना दिइसकेका थिए । एक पुरुषको गालामा उनले ओगोसमेत डामेका थिए । स्थानीय विद्यालयमा कक्षा ११ मा पढ्ने राधालाई भोलेबाबाले शिवरात्रि ताकादेखि नै आफूकहाँ बोलाउन सुरु गरेका थिए ।

बोक्सी आरोपमा कुटपिट भएकी राधा चौधरीको घर, यही घरको आंगन सफा गरिरहेकी उनलाई ४ दिनअघि बोक्सीको आरोपमा घिसार्दै दुइ किलोमिटर टाढा रहेको पूर्वटोलमा लगिएको थियो । तस्बिरः डीआर पन्त, कान्तिपुरबाट

स्थानीयका अनुसार कथित बाबाले राधालाई ‘आफ्नी पार्वती’ बनाउन चाहेका थिए । ‘पटक–पटक राधालाई उनले बोलाउने गरेका थिए, तर राधाले उनीकहाँ जान मानिनन्,’ स्थानीय भलमन्सा राजाराम चौधरीेले भने, ‘त्यसैले घटना हुनु दुई दिनअघि कतारमा मृत्यु भएका स्थानीय कन्सराम चौधरीलाई पीडित राधाले कालो बिरालो बनेर मारेको हल्ला पार्वती (स्मारिका) मार्फत उनले फैलाए ।’

‘घटनाको एक दिनअघि पनि उनले राधालाई बोलाउन पठाएका थिए, तर राधा गइनन्,’ उनले भने, ‘अर्को दिन बिहानै नियोजित रूपमा किस्मती चौधरीसहित १८/२० जनाको समूह घरमै पुगी काम गरिरहेकी राधालाई लछारपछार गर्दै झन्डै दुई किलोमिटर टाढा रहेको भोलेबाबाको घरमा पुर्‍याइयो ।’ त्यसपछि सुरु भयो भोलेबाबा र उनकी पार्वतीको ताण्डव लीला । – यो खबर आजकोकान्तिपुर दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो