2026-09-21 07:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल घुम्न आएकी अल्मुन्नाहर अन्नीले विमानभित्र जे देखिन्

म बंगलादेशी हुँ । मेरो घर राजधानी ढाकामा पर्छ । मेरो विवाह भएको करिब तीन वर्ष भयो । हाम्रो सानो बच्चा पनि छ ।

नेपालको सौन्दर्यबारे मैले पढेकी थिएँ । नेपाल घुमेर आएका साथीहरूले पनि मेरोसामु धेरै वर्णन गरेका थिए । त्यसैले म नेपाल घुम्न आतुर थिएँ । आजको नयाँ पत्रिकामा खबर छ ।

परिवारसँग नेपाल घुम्ने सल्लाह भयो । अरू साथीहरूसँग पनि सल्लाह भयो । अन्ततः हामी नेपाल आउने तय भयो, मार्चको दोस्रो साता । नेपाल आउने चाहना राख्ने त अरू पनि थिए, तर उनीहरूको समय मिलेन । अन्तिममा म, मेरो बच्चा र श्रीमान्सहित अन्य दुईजना नेपाल आउने निर्णयमा पुग्यौँ । सात दिनसम्म नेपाल घुम्ने उद्देश्यले हामी सोमबार ढाकाबाट नेपालका लागि उड्यौँ । नेपालमा काठमाडौं र पोखरा घुम्ने हाम्रो योजना थियो । यसका लागि हामीले सात दिनको छुट्टी लिएका थियौँ ।

नेपाल आउन पाउँदा निकै उत्साहित थियौँ । जहाजमा चढेपछि कतिवेला नेपाल पुगिएला भन्ने कौतूहल मनमा थियो । केही घन्टाको जहाज यात्रापछि डाँडाकाँडा देखियो । हिउँले ढाकिएका पहाड देखिए । निकै रोमाञ्चित भएर त्यसलाई नियालिरह्यौँ ।

जहाजभित्र काठमाडौं आइपुगेको ‘अनाउन्स’ भयो । हामी थप रोमाञ्चित भयौँ । जहाज अवतरण गर्न तल–तल झर्‍यो । काठमाडौंका घर देखिए । पछि विमानस्थलको रनवे देखियो । तर, जहाज रन वेतर्फ गएन । मनमा चसक्क पस्यो । जहाज घुम्यो । केही बेरपछि फेरि रेनवे देखियो । तर, जहाज सही दिशामा थिएन ।

जहाज एक्कासि बजारिएको आवाज आयो । जहाजभित्रका सबै आत्तिए । कोही कराउन लागे । कोही चिच्याउन लागे । जहाजभित्र डढेको गन्ध आउन थाल्यो । तर, जहाज रोकिएको थिएन । सिट बेल्ट बाँधिएकाले कोही हिँडडुल गर्न पनि सकेको थिएन । तर, सबै चिच्याइरहेका थिए ।

केही बेरमा जहाज रोकियो । जहाजमा आगो दन्किएको देखियो । जहाजभित्र यात्रुको भागदौड मच्चियो । सबैले गुहार माग्न लागे । कोही रुन थाले । कोही कराउन थाले । मसँगै हुनुहुन्थ्यो मेरा श्रीमान् र काखमा थियो सानो बच्चा । सिट बेल्ट बाँधिएकाले हामी कहीँ जान सकिरहेका थिएनौँ । तर, अरूले भने सिट बेल्ट खोलेर जहाजभित्रको इमर्जेन्सी ढोका खोल्दै थिए । कोही जहाजभित्रैबाट सिसा फुटाइरहेका देखिन्थे ।

हामी भने केही गर्न सकिरहेका थिएनौँ । तर, जहाज झन्–झन् दन्कँदै थियो । के गर्ने केही मेसो पाउन सकिरहेका थिएनौँ । बच्चा काखमा च्यापिरहेकी थिएँ । आगो दन्किँदै झन्–झन् नजिक आउन थाल्यो । डरले म सिटमै बसिरहेँ । यत्तिकैमा मेरो हात कसैले तान्यो । त्यसवेलासम्म म अर्धचेत अवस्थामा पुगिसकेकी थिएँ । त्यसपछि के भयो, मैले केही मेसो पाउन सकेकी छैन ।

अहिले म अस्पतालको बेडमा छु । मेरा श्रीमान् र बच्चा हराइरहेका छन् । मैले सबैलाई सोधेँ । तर, कसैले पनि उत्तर दिएका छैनन् । सबैले ‘मिसिङ’ मात्रै भनिरहेका छन् । उनीहरू कहाँ छन् ? मलाई केही थाहा छैन । मसँगै आएका अन्य दुई साथी भने सकुशल भएको खबर पाएकी छु ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो